प्रमुख समाचार
विपिन कुमार यादव, जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका वडा नं. ८ बफैमा कृषि सहकारी संस्था भवन निर्माणकार्यको शिलान्यास गरिएको छ ।
बफै टोलमा जसपा केन्द्रीय सदस्य,धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाले जय माता दी कृषि सहकारी संस्था लि.बफै भवन निर्माणको शिलान्यास गरेका छन् । हिन्दु धर्मअनुसार पुजापाठ गरी सहकारी भवनको शिलान्यास गरिएको छ ।
साँसद अरगरियाले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेटले भवन निर्माण गरिने जसपा युवा नेता अमर कुमार साहले जानकारी दिए ।
कृषि सहकारी भवन शिलान्यास समारोहमा जसपाका केन्द्रीय सदस्य संजय कुमार साह ,जसपा बिदेह नगर अध्यक्ष दिप्या देवी दास,वडा अध्यक्ष राज किशोर मण्डल,कृषि सहकारी संस्था बफै अध्यक्ष गायत्री देवी साह लगायतका जसपा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।