केपी ओली सरकारका दुई उपप्रधानमन्त्रीले लिए शपथ

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका दुई उपप्रधानमन्त्रीले शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई उपप्रधानमन्त्रीले शपथ लिएका हुन् ।

बिज्ञापन

कांग्रेसबाट उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले पद तथा गोपनीयताको शपथ गरेका हुन् ।