वीरगंज २५ माघ
पर्सा प्रहरीले ठुलो मात्रामा प्रतिबन्धित लागु औषध बोकेको ट्रक सहित तिन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्सा र लागू औषध नियन्त्रण व्यूरो शाखा वीरगंज कार्यालयवाट खटिएको प्रहरी टोलीले वीरगंजको ड्राईपोर्ट गेट अगाडी प्रदेश २-०३-००१क १९३४ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्द ट्रकको सिटमुनी भित्रवाट प्रतिबन्धित लागु औषध २३३ बोतल सहित ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जनकारी दिनुभयो।
पक्राउ पर्नेमा हटौडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने रमेश थापा , सुर्दशन खड्का र निर्मल पौडेललाई पक्राउ गरि लागू औषध कसूरमा मुद्दा चलाएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो।