2024-05-04

Close

जनकपुरधाम । न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी देखिएको छ ।
न्यूज ब्यूरोले फेला पारेको एक सिसिटीभी फुटेजमा पत्रकार यादवको हत्या भएको आशंकालाई हत्या नै भएको भनेर प्रष्ट पार्न काफी देखिन्छ । धनुषाको एक होटेलको सिसिटीभी फुटेजले पत्रकार यादवको हत्या भएको प्रमाण चिच्याई चिच्याई दिरहेको हेर्न सकिन्छ । सोमबार बिहानै घरबाट निस्केका पत्रकार यादवलाई जालमा पारेर हत्या गरेको आंकलन गर्न सकिन्छ । सिसिटीभि फुटेजको आधारमा मँगलबार राती २ बजेपछि लालगढको एक होटेलमा पुगेका पत्रकार यादवलाई उनकै साथीहरुबाट हत्याको योजना बुनिएको प्रष्ट हेर्न सकिन्छ । पत्रकार यादवको मृत्यू प्रकरणमा पाँच जनाको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।
सिसिटिभी फुटेजमा देखिएको भिडियो अनुसार राती २ः३० बजेपछि होटेलमा पत्रकार यादवसँगै रहेका मोटरसाईकल चालक ललन भन्ने लक्ष्मीनारायण यादव, धामी भन्ने श्रीनारायण यादव, स्कोरपियो चालक चालक प्रशान्त महतो, नाम नखुलेको एक ईन्जिनीयर र विनयलाई गाडीमा घर छाडिदिन्छु भनेर बोलाएका लक्ष्मण यादवले मिलेर योजना बनाएको आरोप परिवारजनको छ ।
लक्ष्मणसँग पटक पटक कुराकानी सम्पर्क भएकोले उनले नै लालगढ बोलाएको आशंकामा उनको हत्या योजनामा उनको पनि सँलग्नता हुन सक्ने आशंका गरिएको छ ।

पत्रकार यादवको हत्या भएको यी प्रमाणः
पत्रकार विनय कुमार यादव राती २ः३० बजेदेखि लालगढको एक होटेलमा आरोपितहरुसँग देखिएका छन् । जसमा धामी भन्ने श्रीनारायण यादव, विनयको मोटरसाईकल चलाएका ललन भन्ने लक्ष्मीनारायण यादव (अहिले पक्राउ परेको), एक पालिकाका ईन्जिनीयर, स्कोरपियो चालक प्रशान्त महतोले होटेलमै पैसाको लागि मार्ने योजना बुनेको हाउभाउले प्रष्ट गर्न सकिन्छ ।
आशंका १ः पत्रकार यादवले आफैँले फ्रिजरबाट एक बियर निकालेर उनको मोटरसाईकल चालक ललनलाई खानको लागि दिएको देखिन्छ । त्यसअघि ललनले पत्रकार यादवको ब्यागबाट दुई लाख रुपैयाँ चोरेर निकालेको प्रष्ट हेर्न सकिन्छ । पत्रकार यादवले ब्यागमा नगद बोकेर एक साथीको सापटी बुझाउन गएको बेला पैसाकै लोभमा ललनसहितका व्यक्तिहरुले उनको रकम चोरेर बदनामी हुने भन्दै बाटोमा ल्याएर मारेको हुन सक्ने आशंका गरिएको छ ।

आशंका २ः केही दिन अगाडी मात्र धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघा (पत्रकार यादवकै गाउँको) स्थानीय सुशिल यादवको छोरा धीरेन्द्र यादवले विनयलाई अपहरण गरी मारिदिने धम्की दिएका थिए । उनकै दाई बीरेन्द्र यादवले विनयलाई मार्नेलाई २० लाख रुपैयाँ दिने भनेर सुपारी दिएको एक कल रेकर्डिँगबाट प्रष्ट सुन्न सकिन्छ । त्यो कल रेकर्डिँग अहिले प्रहरीको नियन्त्रणमा रहेका ललन भन्ने लक्ष्मीनारायणले विनयलाई मेसेन्जरमा पठाएको देखिन्छ । ललनले २० लाख रुपैयाँको लोभमा उनलाई योजनावद्ध तवरले बोलाएर हत्या गरेको हुन सक्ने आशंका छ ।

आशंका ३ः बिनय यादव र मुख्य आरोपित ललन यादव एकै मोटरसाईकलमा निस्केको देखिन्छ । ललनले मोटरसाईकल चलाएको देखिन्छ जबकी उनले मोटरसाईकल विनय आफैँले चलाएको भनेर गलत बयानबाजी गरेपछि शंका लागेर प्रहरीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखेर अनुसन्धान थालेको छ । पत्रकार यादवको ब्यागबाट ललनले नगद नोटको दुईवटा गड्डी निकालेर आफ्नो गोजीमा राखेको प्रष्ट हेर्न सकिन्छ भिडियोमा । सो क्रियाकलाप त्यहाँ बसेका धामी भन्ने श्रीनारायण र नाम नखुलेको एक ईन्जिनीयरले पनि देखिरहेका छन् । यी सबै गतिविधि उनीहरुको मिलोमत्तो र ईसारामै चलिरहेको भिडियोमा प्रष्ट हेर्न सकिन्छ । अन्धा विश्वास गरेका ललनलाई पत्रकार यादवले आफ्नो ब्याग खुलेको देखेपनि उनले पैसा चेक गरेनन् । सोही ब्यागमा दुईवटा पेय पदार्थ राखे ।

आशंका ४ः पत्रकार यादवकी श्रीमति रुबिना अधिकारीका अनुसार उनको ब्यागमा अझै थप रकम हुन सक्ने थियो । घटनापछि ईलाका प्रहरी कार्यालय ढल्केवरले बरामद गरेको ब्यागमा पत्रकार यादवले प्याक गरी राखेको सबै सामान देखिएपछि रकम भने देखिएनन् । हत्याको झन शंका कहाँ छ भने यदि मोटरसाईकल दुर्घटना भएको भए ब्यागमा राखिएको संवेदनशिल र थोरै चोटमा भाँचिन सकिने पेय पदार्थको बोतललाई केही भएको देखिदैनन्, यहाँसम्म की ब्यागमा समेत कुनै स्केच वा धुलो समेत लागेको देखिदैनन् । यदि दुर्घटना हुन्थ्यो भने मृतक पत्रकार यादवको शरिरको विभिन्न भागमा स्केज हुनुपर्ने थियो, घाईते बताईएका ललनको शरिरमा समेत स्केच देखिनुपर्ने थियो तर ललन सकुशल र बिना एक खरोँचको देखिएको छ । यहाँसम्मकी मोटरसाईकल र हेल्मेटमा समेत कुनै क्षति देखिएको छैनन् भने रेलिँगको पोलमा हत्या गरी हात पुछेको सबुत प्रष्ट हेर्न सकिन्छ ।

आशंका ५ः घटनास्थलको प्रकृति र शवको प्रकृति हेर्दा उनलाई कुनै भारी वस्तुले प्रहार गरी हत्या गरिएको देखिन्छ । कनचट फाटेको देखेपछि शंका स्वभाविक हो । प्रहरीले खिचेको तस्विरमा पत्रकार यादवले अन्तिम समयसम्म आफ्नो कनचटलाई समातेको देखिन्छ । शरिरको अन्य भागमा कुनै क्षति नहुनु, मोटरसाईकल र हेल्मेटमा कुनै क्षति नहुनु, चालक ललनले झुठा बयानबाजी गर्नुले उनको हत्या भएको प्रष्टयाउन सकिन्छ ।
ललन यादवलाई नियन्त्रणमा लिएर धनुषा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने सो राती पत्रकार यादवसँगै देखिएका व्यक्तिहरु सम्पर्कविहिन भएका छन् ।
पुनश्चः सिसिटीभि फुटेज अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएकोले भिडियो सार्वजनिक गरिएको छैनन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds