जनकपुरधाम : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिरहाबाट निर्वाचित लिलानाथ श्रेष्ठ बनेका छन् ।
प्रधानमन्त्री ओलीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका हुन् । यस्तै अर्थ मन्त्रीमा विष्णु पौडेल र सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियुक्त भएका छन् ।
सिरहाको चोहर्वा घर भएका श्रेष्ठ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । दोस्रो संविधानसभाको चुनावमा सिरहाबाट चुनाव लडेका तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रेष्ठ प्रतिस्पर्धा गरेका थिए । त्यसबेला श्रेष्ठको अत्यधिक चर्चा भएको थियो ।
गोलबजार नगरपालिका घर भएका श्रेष्ठ आफुलाई मधेसी ठान्छन् । उनले मधेसीको बाहुल्य रहेको क्षेत्रबाट निर्वाचन जितेका हुन् । उनलाई मन्त्री बनाउनुपर्छ भनेर व्यापक आवाज उठिरहेको थियो ।