अप्पन जनकपुर
जनकपुरधाम । होप नेपालका पहलमा जनकपुरधामको जानकी बृद्धाश्रममा आर्थिक सहयोग गर्नुभएको छ।
मंगलबार होप नेपालका संचालक डा. जय प्रकाश महतो अध्यक्षतामा वृद्व आमाहरुको सहयोगको लागि अनुदान कार्यक्रममा जानकी महिला बृद्धाश्रमका कार्यकारणी अध्यक्ष पवन ठाकुरलाई ३४ हजार ६ सय ५ रुपैयाँ हस्तान्तरण गर्नुभएको छ।
सो कार्यक्रममा जानकी महिला बृद्धाश्रमका कार्यकारणी अध्यक्ष पवन ठाकुरले ‘दाताहरूको सहयोगले धानेको यस बृद्धाश्रममा केन्द्र सरकारले हरेक वर्ष १५ लाख आर्थिक सहयोग गर्दैआइरको थियो । तर देश संघीय संरचनामा गइसकेपछि केन्द्रको सहयोग रोकिएको छ भने प्रदेश सरकारले वास्तै नगरेको गुनासो गरे ।’
०५३ सालमा खुलेको बृद्धाश्रममा अहिले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, उदयपुर, बारालगायत जिल्लाबाट आएका १५ जना आमाहरूले आश्रय लिइरहेका छन् ।
सो कार्यक्रममा विभिन्न संघसंस्थाका सहयोगी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।