जगदम्बा जीतपुरसिमरा गोल्डकप : चर्च ब्वाईज सेमिफाइनलमा प्रवेश

श्याम गुप्ता
बारा, १४ चैत
सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लब विरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
बाराको सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागिता मैं सेमीफाइनलको यात्रा तय ग¥यो । रोमाञ्चक जितसँगै उसले न्युरोड टिम एनआरटीसँगको सेमिफाइनलमा भेट गर्ने पक्का ग¥यो । फाइनल प्रवेशका लागि चर्च ब्वाईजले विहिवार एनआरटीको सामना गर्ने छ ।
एपिएफका मिड फिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औं मिनेंटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए पनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो ।
श्याम नेपालीले डी–बक्स भित्र उपलब्ध गराएको बल नियन्त्रणमा लिंदै सन्तोषले टिमलाई अग्रता दिलाएका थिए । सन्तोषको एयर बलले जाली चुम्दा चर्च ब्वाईजका अफ्रिकी गोल रक्षक प्रिसोले बचाउको प्रयास सम्म गर्न पाएनन् ।
चर्च ब्वाईजको जितमा मिड–फिल्डर द्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले समान एक–एक गोल गरेका थिए ।
खेलको ३१ औं मिनेंटमा चर्चब्वाईजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काए । रञ्जित पाण्डेको क्रस बलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपिएफका डिफेण्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।
एपिएफसँगको बराबरी पछि आक्रामक बनेको चर्चब्वाईज पहिलो हाफ मंै अग्रता बनाउन सफल भयो । खेलको ४३ औं मिनेंटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रता लिएको थियो । सुवास गुरुङको क्रस बलमा रञ्जितको स्मरणीय गोल पछि चर्च ब्वाइजका प्रशिक्षक प्रदिप हुमागाँई दङ्ग देखिन्थे ।
दोश्रो हाफ गोल रहित बने पनि दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गर्दा सिमरा रङ्गशालामा उपस्थित करिब सात हजार दर्शक आ–आफ्नों टिमको समर्थनमा हुटिङ गर्दै अन्तिम सम्म प्यारापिट मैं बसे ।
खेलको एभरेष्ट बैंक म्यान अफ दी म्याच चर्च ब्वाईजका अफ्रिकी मिड फिल्डर ओउसो वेम्पा घोषित भए । एभरेष्ट बैंकका रिजनल हेड विभूति न्यौपाने र जीतपुरसिमराका वडाध्यक्ष इश्वर खत्रीले म्यान अफ दी म्याचको ट्रफि र दश हजार नगद प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत बुधवार हुँने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पाको सामना गर्ने आयोजकले जनाएको छ ।

बिज्ञापन