2024-04-25

Close

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मिटर ब्याजको समस्या राष्ट्रिय समृद्धिको बाधक रहेको भन्दै सो विरुद्ध संयुक्त रूपमा लड्ने बताएका छन् ।

मुख्यमन्त्री यादवले आज विज्ञप्ति जारी गरेर मिटर ब्याजको विरुद्धमा काठमाडौंमा जारी आन्दोलनमा समर्थन जनाउँदै सहयोग गर्ने घोषणा गरेका हुन् ।

मधेशबाट मिटर ब्याजको समस्या उठे पनि यो समस्या देशकै रहेको भन्दै मुख्यमन्त्री यादवले एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरूमा अत्याचार नै गर्ने द्रव्य पिचाशी प्रवृत्ति देखिएको उल्लेख गरेका छन् ।

‘शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्त रुपमा काम गर्न, विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको छ’, उनले भनेका छन्, ‘जनताले न्याय मागिरहेका छन् न्याय पाउनुपर्दछ । बैंकले बाटो खोल्नुपर्छ । आम जनतामा सहज र सुलभ रूपमा ऋण प्रवाह हुनुपर्दछ ।’

केन्द्र सरकारले मिटर ब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको मुख्यमन्त्री राउतले स्वागत गरेका छन् ।

विदेश जान वा अध्ययन गर्न वा अन्य भैपरी गर्जो टार्न ऋण खोज्ने नागरिकहरूलाई मिटर ब्याजीहरुबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी रहेको उनको भनाई छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds