2024-04-30

Close

सिरहा,चैत २४ गते । जिल्ला सदरमुकाम सिरहामा रहेको चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाले नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्ससँग विभिन्न मितिमा पटक पटक लिएको सरसमानको भुक्तानी दिनमा आलटाल गर्दै आएको रहस्य खुलेको छ ।
माग पत्र जारी गर्दै चमाविका प्राचार्य मधुसुदन कर्णको हस्ताक्षरित माग पत्रको आधारमा विभिन्न मितिमा पटक–पटक भवन निर्माण सामग्री दिए वापतको रकम भुक्तानीमा विद्यालयले आलटाल गर्दै आएको नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्स सिरहाका प्रोप्राईटर रोशन कुमार यादवले रहस्य खुलाए ।

छड, सिमेन्ट र डोरी लगायत विभिन्न निर्माण सामग्री दिए गराए वापत भ्याट सहित १७ लाख ४ हजार ५ सय ८१ पैसा ४ भुक्तानी गर्न चनमाविले आलटाल गर्दै आएको आयोजित पत्रकार सम्मेलनमा व्यवसायी रोशन कुमार यादवले प्रष्टाए ।

उनका अनुसार बिल नं.१७२ को ४ लाख ५३ हजार ४ सय ६९, बिल नं.१६७ को ६ लाख ६४ हजार ९ सय ८०, बिल नं.१६८ को ३ लाख ८९ हजार ८ सय ५० र बिल नं.२०४ को १ लाख ९६ हजार २ सय ८१ गरी चारवटा बिलको भुक्तानी गर्न आलटाल गर्दै आएका छन् ।
निर्माण सामग्री दिए वापत विद्यालयमा पेश गरिएको बीलको आर्थिक वर्ष समाप्त भएपछि पनि भुक्तानी हुन नसक्दा लेखा परिक्षकको राय बमोजिम उक्त बिल पेश भएको हो भनी स्वीकृति पत्र दिएको तर रकम भुक्तानी नगर्दा व्यापार नै चौपट हुने अवस्थामा पुगेको उनले दुखेसो पोखे ।

“विद्यालयका प्राचार्य कर्णले हस्ताक्षर गरेको सामग्री माग पत्र अनुसार निर्माण सामग्री उपलब्ध गराएर रकम भुक्तानीका लागि बर्षौ देखि कैऔ पटक ताकेता गरे पनि कुनै सुनुवाई गरिरहेको छैन्,”व्यवसायी यादवले भने,“विद्यालयलाई उपलब्ध गराएको निर्माण सामग्रीको बिल काटेर विद्यालयमा गएको आर्थिक वर्षमै पेश गरे । कर कार्यालयमा त्यस बिलको कर पनि चुक्ता गरिसके तर भुक्तानी नहुँदा दोहोरो मारमा परेको छु ।”
प्रमाण सहित आएमा प्रक्रिया पु¥याएर नियमानुसारको भुक्तानी गर्न सकिने चनमावि सिरहाका प्राचार्य कर्णले बताए । केही कारणले भुक्तानीको प्रष्टताबारे ढिलाई भएको उनले स्वीकार गरेका छन् । आउने केही दिनमा त्यस्ता समस्याको निकास आउने उनको दाबी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds