2024-04-26

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा एक सेवाग्राहीलाई कुटपिट गरिएको घटना बाहिरिएको छ ।
शहिदनगर नगरपालिकामा सेवा लिन गएका जनमत पार्टीका विद्यार्थी जनमत सँघका अध्यक्ष बीरेन्द्र यादवमाथि नगर प्रमुख दिनेश प्रसाद यादवका कार्यकर्ताहरुले कुटपिट गरेको आरोप छ ।
निर्वाचन आयोगले उम्मेदवारहरुलाई खर्च विवरण बुझाउन दिएको समयमा जनमतबाट प्रदेश साँसदमा लडेका रामपुकार यादवले खर्च विवरणको लागि कागजात माग गर्न जाँदा सहज रुपमा सेवा नदिएको आरोप लगाउँदे बोल्न थालेपछि मेयर यादवका कार्यकर्ताहरुले कुटपिट गरेको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत सावन चौधरीको कार्यकक्षमा गएर उम्मेदवार रामपुकार यादवसहित जनमतका कार्यकर्ताहरुले हो हल्ला गरेपछि उनीहरुलाई कार्यकक्षबाट निकालिएको मात्र मेयर यादवले दाबी गरे ।

नगर प्रमुख यादवका अनुसार, निर्वाचन आयोगको पत्र अनुसार खर्च विवरण बुझाउनको लागि आवश्यक फर्मेट र हस्ताक्षर अधिकृतको हकमा रहेको भन्दै अधिकृतको कार्यकक्षमा पठाएको बताउँदै त्यहाँ जनमतका कार्यकर्ताहरुले हो हल्ला गरेपछि कोठा बाहिर निकाल्दा हातपात भएको बताए ।
यता, जनमत पार्टीका संघीय साँसद अब्दुल खानले जनमतका कार्यकर्तामाथि सेवा लिन जाँदा हातपात र अँगभँग भएको भन्दै मेयर यादव र अधिकृत चौधरीलाई कारवाहीको माग गरेका छन् । उनले सँसदमै सो गतिविधिको विरोध गर्दै कारवाहीको माग गरेका छन् ।
यता, अधिकृत चौधरीले आफ्नो कार्यकक्षमा आएर हो हल्ला गरेपछि कार्यालय सहयोगी र अन्य जनाले उनीहरुलाई निकालेको मात्र दाबी गरेका छन् । सो क्रममा जनमतका कार्यकर्ताहरुले मेयर र अधिकृत माथि जनकारवाहीको चेतावनी समेत दिएका छन् ।
उनीहरुले राजनीतिक दलको हिसाबले आफूहरु जनमत पार्टीको भएपछि फर्मेट नदिई हस्ताक्षर समेत दिन नमानेको आरोप लगाएका छन् । सेवाग्राहीसँग गरिएको यस्तो व्यवहारको लागि जनकारवाहीको चेतावनी दिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds