 

वीरगंज २२ शुक्रबार
वीरगंजको बाईपासको चालिस फिटा सडक खणडबाट स्कार्पियोमा रहेको नेपाली नक्कली नोट ४ लाख ९६ हजार र सक्कली नोट २ लाख सहित २ जनालाई नियन्त्रणमा लिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको आधारमा बीरगञ्ज महानगरपालिका वडा नं. १६ चालिसफिटे स्थित सडकखण्डमा संयुक्त बिशेष प्रहरी टोलिले BR 01 PG 6577 नम्बरको सेतो रङ्गको स्कार्पियो गाडीलाई कानूनी रीतपुर्याई जाँच गर्दा सेतो प्लास्टिकको झोला भित्र नेपाली नक्कली नोट रू.१०० दरको नोट- ४५० थान र रु.५०० दरको नोट- ७२ थान गरी जम्मा नेपाली नक्कली नोट रु. ४लाख ८६ हजार र सक्कली रु.१००० दरका नोट- २०० थान गरी जम्मा नेपाली नोट रु. २लाख रुपैया सहित चालक गरि २ जनालाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा गाडी चालक सर्लाही गोडौताका बर्ष ३४ को आनन्द बर्दन सिंह र गाडीमा सवार बारा परवानीपुर बस्ने बर्ष ३६ को ओम प्रकाश साह समेतलाई स्कार्पियो गाडी र नक्कली नोट सहित नियन्त्रणमा लिई निजहरुको बिरुद्ध मुद्रा सम्बन्धी कसुरमा (नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुने) मुद्दा चलाएको पर्सा प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।





 
                 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          