2024-03-19

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान भनेर बोलाईएको सभामा अपमानित दृश्य देखियो । जहाँ, एक सिकिस्त महिलाबाट जबरदस्ती औठाछाप लिइरहेको देखिएको छ ।

शनिबार शहिदनगर नगरपालिकाले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा ८० बर्ष माथिका वृद्धवृद्धाहरुलाई बोलाएर सम्मान गरिएको भनिएको कार्यक्रममा एक तस्विरले वास्तविकता दर्साएको आरोप समाजिक सँजालबाट लगाइएको छ ।

शनिबार शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवले जेष्ठ नागरिकहरुलाई सम्मान गरिरहँदा सोही नगरपालिकाका एक कर्मचारीले एक असक्त महिलासँग जबरदस्ती औँठाछाप लिरहेको दृश्य समाजिक सँजालमा भाईरल गरिएको छ ।

उपमेयर सुनिता सिँह र विभिन्न वडाका वडाध्यक्ष तथा कर्मचारीहरु समेत सम्मलित सो समारोहको क्रममा शहिदनगर नगरपालिकाको आईएमएस अपरेटर दिलिप कुमार महराले एक अति सिकिस्त विरामीसँग औँठा छाप लिरहेको देखिएको छ । सो तस्विर एक जनाले आफ्नो मोबाईलमा कैद गरेको छ ।

जेष्ठ नागरिक सम्मानको लागि रजिष्टरमा कागजी प्रक्रिया र सँख्या पुरयाउनको लागि कर्मचारी महराले जेष्ठ नागरिकको नाउँमा एक सिकिस्त विरामी महिलाको औँठाछाप लिरहेको तस्विरहरु समाजिक सँजालमा राखेर स्थानीयहरुले विरोध जनाएका छन् ।

सो क्रममा नेपाली काँग्रेसका युवा नेता शैलेन्द्र चोरवारले फोटो राखेर यो जेष्ठ नागरिकको सम्मान हो की अपमान ? भनेर पोष्टयाएका छन् । उनीसहित दर्जन बढी जनाले समाजिक सँजालमा मार्फत विरोध जनाएका छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds