
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबराविरुद्ध निलम्बन गरी छानबिन थालिएको छ । आफ्नै कार्यालय प्रमुख तथा प्रहरी संगठनको छवि धुमिल पार्ने उद्देश्यले गलत गतिविधिमा संलग्न भएको ठहर गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले उनीमाथि कारबाही सुरू गरेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका सहायक प्रवक्ता भेषराज रिजालद्वारा प्रेषित विज्ञप्तिमा सई जबराले एक व्यवसायीसँग आफैँ सम्पर्क गरी बनावटी कथा तयार पार्दै अडिओ रेकर्ड गरेको उल्लेख छ । उक्त अडियो सार्वजनिक सञ्चार माध्यममार्फत प्रसारण गराएर प्रहरी संगठन र नेतृत्वमाथि अविश्वास सिर्जना गर्ने प्रयास गरिएको प्रदेश प्रहरीले जनाएको छ ।




यता मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका मुख्य प्रवक्ता एसएसपी कमल थापाले कसलाई के भनेर कारबाही गरिएको आफूलाई जानकारी नरहेको बताए ।
