2024-05-04

Close

जनकपुरधाम । सर्लाहीको मलँगवामा लगाईएको कर्फ्यूको कारण जनजीवन कष्टकर हुन थालेपछि कर्फ्यूको समय घटाएको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सोमबार (आज) बसेको सुरक्षा समिति तथा सर्वपक्षिय बैठकबाट कर्फ्यूको कारण आम नागरिकको दैनिकीमा जटिलता उत्पन्न हुन थालेपछि कर्फ्यूको समय घटाएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको सँयोजकत्वमा बसेको सर्वपक्षिय बैठकबाट अब मलँगवामा राती ८ बजेदेखि बिहान ४ बजेसम्म मात्र ८ घण्टा कर्फ्यू आदेश लागू हुने भएको छ । यसअघि २४ सै घण्टा कर्फ्यू लागेकोमा स्थानीयहरुको दैनिकी कष्टकर भएको थियो । खेतमा समेत जान नपाउने, बाहिर निस्कन नै नपाउने गरी कर्फ्यू भएपछि राजनीतिक दलहरुको आग्रहमा कर्फ्यू समय घटाएको हो ।

आज राति ८ बजेदेखि विहान ४ बजेसम्म कर्फ्यू रहनेछ ।अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । यो आदेशसँगै आजदेखि दिनमा कर्फ्यू हटेको छ ।दिनको समयमा कर्फ्यू आदेश निष्कृय गरिएको भएतापनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन, जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ ।

सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइबर अपराध गरेको अभियोगमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

असोज ४ गते साँझ मूर्ति सेलाउने क्रममा झडप भएको थियो । झडपका बेला एक युवकमाथि छुरा प्रहार गरिएको थियो । तोडफोड र ढुंगामुढा भएपछि प्रहरीले समेत स्थिति नियन्त्रणमा लिन नसक्ने अवस्था देखेर प्रशासनले राति सोही दिन राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds