डिआईजीको सिग्नलमा तस्करसँग पैसा उठाएको आरोप लागेका घुमुवा सईद्वय हेडक्वार्टर तानिए

जनकपुरधाम । तस्करसँगको साँठगाँठ रहेको आरोपमा वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवलाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ ।

सुरक्षा स्रोतका अनुसार लामो समयदेखि ‘घुमुवा’ भूमिकामा सक्रिय रहँदै विभिन्न जिल्लामा ‘लाइन’ सञ्चालन र आर्थिक संकलनमा संलग्न रहेको आरोपपछि उनीहरूलाई फिर्ता बोलाइएको हो ।

बिज्ञापन

प्रहरी वृत्तमा ‘घुमुवा डन’को रूपमा चिनिँदै आएका यी सईद्वयमाथि छानबिन आवश्यक देखिएपछि केन्द्रले कदम चालेको जनाइएको छ। उनीहरूलाई प्रदेशमा खटाउने निर्णय मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाकै रहेको र उनीहरू विश्वासपात्रका रूपमा काम गर्दै आएको बताइएको छ ।

यसैबीच, डिआइजी थपलिया पनि आर्थिक कारोबारमा संलग्न रहेको अडिओ सार्वजनिक भएसँगै डिआईजी थपलिया पनि विवादमा तानिएका छन् । छानबिनको दायरा विस्तार भइरहेको बताइए पनि यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन ।