2024-05-06

Close

जनकपुरधाम । नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशले ५६ औं स्थापना दिवस मनाएको छ ।

सोमबार जनकपुरधामको जनक चोकमा दीप प्रज्वलन गरी लम्पी स्किनको बारेमा विस्तृत जानकारी दिँदै स्थापना दिवस मनाइएको छ । कार्यक्रममा मधेश प्रदेशका अध्यक्ष डा. विनोद कुमार यादवले भारतसँग सीमा जोडिएका ६ जिल्लाका पशुहरुमा ’लम्पी स्किन’ रोग देखिएको बताए । उनले नेपालमा पहिलो पटक देखिएको यो रोग लम्पी स्किन भाइरसबाट सर्ने गरेको जानकारी दिए । मधेश प्रदेशका अध्यक्ष डा. बिनोद कुमार यादवले प्रदेश १ का मोरङ, झापा र सुनसरी मधेश प्रदेशको रौतहट र बागमती प्रदेशका चितवन र मकवानपुरमा किसानले पालेका गाईभैँसीमा लम्पी स्किन रोग देखा परेको बताए । उनका अनुसार हालसम्म २ हजारभन्दा बढी गाईमा यो रोग देखा परेको छ । डा. बिनोद कुमार यादवका अनुसार रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने गरेका छन् । छिमेकी भारत हुँदै यो रोग नेपालमा भित्रिएको उनले बताए । अध्यक्ष डा. बिनोद कुमार यादवले भने,’भारत र बंगलादेशमा पनि यो रोग देखिएकाले त्यतैबाट सरेर आएको हुन सक्ने अनुमान रहेको छ ।’ अफ्रिकाबाट मध्यपूर्व हुँदै यो रोग भारत र बंगलादेशमा सन् २०१९ मा पनि देखा परेको थियो । सुरुमा गाईमा मात्रै देखिएको यो रोग चितवनमा भने भैंसीमा पनि फैलिएको नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. दिनेश कुमार सिंहले बताए । उनले भने, ’सुरुमा गाईहरुमा मात्रै देखिएको थियो । चितवनका केही स्याम्पलहरुमा भने भैंसीमासमेत देखा परेको छ ।’ यो रोग लागेपछि गाईभैंसीले कम दूध उत्पादन गर्ने डा. सिंहले बताए । यसले करीब ८० प्रतिशतसम्म दूध उत्पादन घटाउन सक्ने उनले बताए । यसको मृत्युदर १ देखि १० प्रतिशतसम्म रहेको उनले बताए ।

कार्यक्रममा डा. जागेश्वर यादव, डा. उदय साह, डा. अमर कुमार महतो, डा.सरोज चौधरी, डा. संजीव ठाकुर, डा. नवीन पौडेल, डा. मुकेश नायक, डा. सुनिल कुमार यादव, डा. तुलसी राम, डा. पवन कुमार झा लगातका चिकित्सकहरुले आ–आफ्ना मनतव्य राखेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds