श्री शंकर जनता मावि दुहबीका प्रधानाध्यापक धनिकलाल ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर, आइसिटी ल्याब स्थापना गर्द लाखौं हिनामिना

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-२ दुहवीको श्री शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र लेखापाल अरुणकुमार कुशियैतविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आइसिटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

बिज्ञापन

प्रधानाध्यापक धनिकलाल र अरुणकुमारलाई जनही ८ लाख ६२ हजार १५२ रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । आपसी मिलोमतोमा सरकारी रकम हिनामिना गरेको अख्तियारको भनाइ छ ।