सशस्त्र प्रहरी वीरगंज द्वारा  ठुलो मात्रामा लत्ताकपडा बरामद

वीरगंज २४गते आषाढ
सशस्त्र प्रहरीले अवैध रुपले ल्याएको लत्ताकपडा, स्पिकर बोर्डहरु नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगंजले विभिन्न नाकाहरुबाट भन्सार छलि गरि ल्याएको लत्ताकपडा , स्पिकर र बोर्डहरु लगाएतको सामानहरु पक्राउ गरेको हो।
सशस्त्र प्रहरीको सिमा सुरक्षा गुल्मा भन्सारले वीरगंजको विभिन्न नाकाहरुबाट भित्राएको अवैध लत्ताकपडा , बोर्ड र स्पिकरहरु करिब २ लाख रुपैया बराबरको नियन्त्रणमा लिएको सिमा सुरक्षा गुल्माका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डेले जानकारी दिएका छन।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको लत्ताकपडा , स्पिकर बोर्डहरु आवशयक कार्यबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो।

बिज्ञापन