जनकपुरधाम । संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल धनुषाको अध्यक्षमा राजेश कुमार यादव सर्वसम्मत चयन भएको छ ।
शनिबार जनकपुरधाममा भएको संघको जिल्ला भेलाबाट अध्यक्षमा यादव सर्वसम्मत चयन भएका हुन् । संघको उपाध्यक्षमा अरुण कापर, सचिवमा अनिल कुमार लाल कर्ण र कोषाध्यक्षमा दिपेन्द्र प्रसाद शर्मा चयन भएका छन् ।
यस्तै संघको सदस्यहरुमा महेश दास, दीपेन्द्र यादव, मनोज यादव, विमलेश चौधरी, नरेश यादव लगायतका छन् ।
संघको भेलाको प्रमुख अतिथि जसपा नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले इमान्दारिता पूर्वक सेवा प्रदान गर्न एम्बुलेन्स चालकहरुलाई आग्रह गरेका थिए । संयुक्त एम्बुलेन्स संघका केन्द्रिय अध्यक्ष बिशिस्ट अतिथि नवराज लामिछाने, केन्द्रीय सदस्य सुजित कुमार पुर्वे, दिलिप दास, साथै मधेश प्रदेशका विभिन्न जिल्लाबाट आउनु भएका सम्पुर्ण एम्बुलेन्स चालकहरुको उपस्थिति रहेको थियो ।
भेलामा एम्बुलेन्स चालकहरुले सामाजिक सुरक्षा कोषमा आफूहरुलाई पनि समावेश गर्न सरकारसँग माग गरेका छन् ।