2024-03-29

Close

जनकपुरधाम, मंसिर ११ । मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको प्रदेशमा बाध्यकारी कानून बनाइने पक्षमा आफु रहेको बताउनु भएको छ ।
प्रारम्भीक बालविकासको लागि प्रदेश सभा सदस्यहरुको समन्वय समूहले आज जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागी संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।
उहाँले मुलुकको भविष्य भविष्यको कर्णाधार हुने बालबालिकाको विकासको क्रम आमाको गर्भ बाटै शुरु हुने भएकाले उनिहरुको स्वस्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानून मार्फत स्थापित गर्नु पर्ने उल्लेख गर्नु भयो ।
मुख्यमन्त्री राउतले बालविकासको लागि आवश्यक कानूनको खाका तयार पार्न समन्वय समूहलाई निर्देशन दिदै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाउनु भयो । साथै प्रदेशमा संचालनमा रहेको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमकै तर्जमा बालविकासको लागि छुट्टै अभियान चलाउनु पर्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यस अभियानका लागि प्रदेश सरकार हर समय तत्पर रहने बताउनु भयो ।
समन्वय समूहका संयोजक एवं प्रदेश सभा सदस्य गोविन्द न्यौपानेको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा प्रतिनिधि सभा सदस्य सत्या पहाडी, एकबाल मियाँ, सरिता गिरी यादव, प्रदेश सभा सदस्य परमेश्वर साह, बाबु लाल साह , विज्ञहरु सहितको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds