2024-05-17

Close

जनकपुरधाम । गेरुका मेला मंगलबार (आज) देखि शुरु भएको छ । जनकपुरधामबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइमा निस्केको रथ सहितको शोभा यात्रा गेरुकाधाममा पुगेर बिहान शाही स्नान तथा गेरुका मन्दिरमा विशेष पूजापाठ गरिएको छ ।

धनुषा तथा महोत्तरीको सिमानामा पर्ने गेरुका नदिमा शाही स्नानका लागि जनकपुरधामका विभिन्न मठ मन्दिरहरूबाट महन्थ, साधुसन्त सहितको टोलीले झाकी सहित गेरुका मेला पुगेका थिए । भगवान् विष्णु मलिमासमा गेरुका नदिमा वास बस्ने मान्यता अनुसार नदिमा स्नान गर्नका लागि हजारौँ व्यक्तिहरू मलिमास अवधिमा गेरुका पुग्ने गरेका छन् ।

एक महिनासम्म भगवान् विष्णु चीरसागरमा विराजमान हुने मान्यता अनुसार साउन महिना भरि नै गेरुकाधाममा ठूलो मेला लाग्ने गरेको छ । धार्मिक महत्वको गेरुका नदिमा स्नान गरेर गेरुकाधाममा रहेको भगवान् विष्णु सहितको मठ मन्दिरमा विशेष पूजा पाठ गर्ने चलन रहेको छ ।

शाही स्नानमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रदेश सभाका सदस्य एवं सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामअशिष यादव, सामाजिक अभियन्ता अमरचन्द्र अनिल, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, वातावरण संरक्षण अभियानीहरु सहितका विभिन्न मठमन्दिरका महन्थहरु सहभागी रहनु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds