2024-04-20

Close

दिपेश कुमार साह ।रौतहट ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घात गरेर काँग्रेसको पाउमा सत्ता चढाएको आरोप लगाएका छन् । उनीहरुले सत्ता स्वार्थका लागि एमालेलाई घात गरी काँग्रेसको पाउमा सत्ता चढाएको बताए ।शनिबार रौतहटको मौलापुर नगरपालिकाको मर्यादपुर आयोजित दलित वस्ती उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले दुई तिहाईको स्थिर सरकार हेर्न नचाहाने केही नेता र सर्वोच्च अदालतको मिलेमतोमा ओली सरकार ढालिएको जिकिर गरे ।माैलापुर नगरपालिका द्वारा निर्मित नगरकाे गाैरव आयाेजना रहेकाे छ । माैलापुर नगरपालिकाकाे वडा नम्बर २ मर्यादपुर टाेलमा साे दलित बस्ती निर्माण पश्चात् उदघाटन गरिएको हाे । उदघाटन कार्यक्रमकाे अध्यक्षता नगरप्रमुख रिना कुमारी साहले गर्नु भएको थियोे भने प्रमुख अतिथी काे रूपमा नेकपा एमालेका नेता प्रदिप ज्ञवाली रह्नु भएको थियाे ।कार्यक्रमकाे विशिष्ट अतिथिकाे रूपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह रह्नु भएको थियाे । कार्यक्रममा स्वागत मन्तव्य माैलनपुर नगरपालिकाका उपमेयर गाैरीशंकर जयसवालले राख्नु भएको थियाे भनेकार्यक्रम सञ्चालन मनाेज यादवले गर्नु भएको थियाे । मर्यादपुर २५ जना दलित चमार समुदायका मानिसहरूकाे दुईकाेठे पक्की भवन निर्माण पश्चात आज उदघाटन गरि हस्तान्तरण गरिएको हाे । स्थानीय सरकार बनेपछि आर्थिक वर्ष २०७४/७५ देखि २०७८ माघ १ मा निर्माण भएपछि आौपचारिक रूपमा उदघाटन गरिएको हाे ।एज्ञवालीले स्थानीय तहमा एमालेको राम्रो पकड रहेको देखेपछि समयै निर्वाचन गराउने कुरामा आनकानी भैरहेको बताए । गठबन्धन सरकार ०५९ सालको जसरी कर्मचारी तन्त्रलाई प्रयोग गरी साधन श्रोतको दुरुपयोग गरेर निर्वाचन गराउन लागेको आरोप समेत उनले लगाए ।ज्ञवालीले एक साताभित्र सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा एमाले स्थायी समिति सदस्य प्रभु साह लगायतले सम्बोधन गरेका थिए । मौलापुर नगरपालिकाको कुल ३ करोड ४६ लाखको लागतमा ११ कठा जग्गा खरिद गरेर २५ वटा घर निर्माण गरी दलित वस्ती निर्माण गरिएको हो

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds