2024-05-02

Close

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरको विवाहमण्डप (मडवा) मा अश्लिल टिकटोक भिडियो बनाउने टिकटोकियालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

केही दिन अगाडी जानकी मन्दिर लगत्तै रहेको मडवामा दुई टिकटोकिया युवा युवतिले अश्लिल हर्कत गरीरहेको भिडियो टिकटोकमा अपलोड भएपछि पक्राउ गरिएको हो । धनुषा प्रहरीलाई स्थानीय मन्दिर प्रशासन, युवाहरुले समेत समाजिक सँजालबाटै दबाब दिएपछि उनलाई पक्राउ गरिएको हो ।

समाजिक सञ्जालमा सो अश्लिल हर्कतको भिडियो टिकटोकबाट भाईरल बनेपछि टिकटोकिया अनिरुद्ध यादव नामक युवकलाई पक्राउ गरिएको हो । धनुषा प्रहरीले ती युवतिलाई समेत पक्राउ गरिएको बारे जानकारी दिएका छैनन् ।

धार्मिक स्थल रहेको विवाहमण्ड प्रवेशसहित मोबाईल, क्यामेरामा प्रतिबन्ध नलगाउनुको नतिजा जनकपुरधामवासीले भोगिरहेका छन् । मडवामा विभिन्न समयमा यस्ता अश्लिल हर्कतका भिडियोहरु सार्वजनिक हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरिएका टिकटोकिया यादवलाई केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds