
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको पहलमा धनुषाको सबैला नगरपालिकामा आपतकालीन खानेपानी वितरण कार्यक्रम सुरु गरिएको छ । कार्यक्रम प्लान इन्टरनेसनलको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको हो ।
अत्यधिक गर्मी र पानीको अभावले प्रभावित स्थानीय समुदायलाई लक्षित गरी सोमबारदेखि सुरु गरिएको उक्त कार्यक्रममार्फत सुरक्षित तथा स्वच्छ खानेपानी वितरण थालिएको हो ।
बिज्ञापन






मुख्यमन्त्री सिंहले प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन संघसंस्था तथा सरोकारवाला निकायहरूलाई सक्रिय हुन आग्रह गरेका थिए ।
प्लान इन्टरनेसनलले सञ्चालन गरेको कार्यक्रममा विशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता दिइने जनाइएको छ ।