2024-10-11

Close

जनकपुरधाम । मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरेर किसानलाई राहत तथा क्षतिपूर्ति दिन मुख्यमन्त्रीसँग नेकपा एमालेले माग गरेको छ ।

आइतबार मुख्यमन्त्री सरोज कुमार यादवलाई ५ बुँदे ज्ञापन पत्र बुझाउँदै यस प्रदेशका जनताहरुको मुख्य पेशा कृषि रहेकाले पानी नपरेकाले यस क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको प्रमुख सचेतक लखन दास तत्माले बताए ।

प्रमुख सचेतक दासले हाल प्रदेशमा लामो समय देखि मौसमी वर्षा नभएको कारण किसानहरुले लगाएका धान वालिमा गम्भिर असर परेको र पशुमा लम्पी स्किन रोग लागेकोले थप असर परेको बताए ।

एमालेले मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गरि पीडित किसानहरुलाई राहत र क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने, हाल माहामारीको रुपमा फैलिईएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणको लागि प्राविधिकहरु परिचालन गरि भ्याक्सिनको व्यवस्था गर्नुपर्ने साथै लम्पि स्किनका कारण वस्तु भाउहरु गुमाएका किसानहरुलाई क्षतिपुर्तिको व्यव्वस्था गर्नुपर्ने, मधेश प्रदेश सरकारले प्रदेश भरिका किसानहरुका लागि उन्नत विउ विजन, सिंचाई तथा मलखाद्य सरल र सहज उपल्वधताको सुनिश्चित गर्नुपर्ने, कृषि विद्युतिकरण संग आवद्ध भएका किसानहरुका लागि २४ सै घण्टा विद्युत आपुर्तिको व्यवस्थ हुनुपर्ने र राहत स्वरुप यस वर्षको विद्युत महशुल प्रदेश सरकारले तिरिदिनु पर्ने माग गरेको छ ।

यस्तै, मधेश प्रदेशको ८ वटै जिल्लामा एक/एक वटा कृषि तथा पशु अनुसंधान प्रयोगशालाको व्यवस्थ हुनुपर्ने माग रहेको प्रमुख सचेतक दासले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर