2024-04-28

Close

लहान । चैत १५ देखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको ‘परीक्षा केन्द्र’ टाढा तोकेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ स्थित मावि महदेवा पोर्ताका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

सो विद्यालयका विद्यार्थीहरुले आज मध्यान्हबाट लहान–ठाडी सडक अवरुद्ध पारेका हुन् । सडक अवरुद्ध पारेपछि सवारी साधनहरु अलपत्र परेका छन् ।
उनीहरु पहिलेदेखि रहँदै आएको विद्यालयमा परीक्षा केन्द्र तोक्नुपर्ने माग गरेका छन् ।विद्यार्थीको आन्दोलनमा विद्यालयका शिक्षकहरु समेत सहभागी भएका थिए । प्रधानाध्यापक घुरन यादवले जिल्ला शिक्षा समन्वय समितिले मनपरी ढंगले परीक्षा केन्द्र तोकेपछि आन्दोलन गर्नुपरेको बताए ।
उनका अनुसार समितिले यस वर्ष लहान नगरपालिका २१ स्थित सगरमाथा मावि ढोढना विरनगरमा परीक्षा केन्द्र तोकेको छ । यो केन्द्र २० किलोमिटर टाढा पर्छ ।

विगतमा वडा नम्बर २ स्थित मनेलाल जनता मावि सोठियाइनमा परीक्षा केन्द्र तोकिँदै आएको थियो । यहाँ परीक्षा केन्द्र तोक्दा घरबाटै विद्यार्थीहरु परीक्षा दिन भ्याउथे । तर यो वर्ष २० किलोमिटरभन्दा बढी दूरीमा रहेको विद्यालयमा परीक्षा केन्द्र तोकेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेको प्रधानाध्यापक यादवले बताए ।

उनले पायक पर्ने ठाउँमा परीक्षा केन्द्र तोक्न समन्वय समितिका कर्मचारीले रकम मागेको र नदिएपछि २० किलोमिटर टाढा केन्द्र तोकिदिएको आरोप समेत लगाए । उनले चेतावनी दिए, ‘समन्वय समितिले तत्कालै परीक्षा केन्द्र सच्याओस् । यदि नभए कडा आन्दोलन गर्छौं ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण यादव र प्रधानाध्यापक घुरन यादवले विज्ञप्ति जारी गर्दै परीक्षा केन्द्र विगतमा तोकिएको विद्यालयमा राख्नुपर्ने माग गरेका छन् ।

अभिभावक तथा विव्य समितिका सदस्य गुलटेन यादवले परीक्षा केन्द्र टाढा तोकेर विद्यार्थीसँग अन्याय गरिएको बताए । उनले भने, ‘अहिले तोकिएको परीक्षा केन्द्र धेरै टाढा छ । विद्यार्थीले समस्या झेल्नुपर्छ । जिल्ला समन्वय समितिसँग तत्कालै निर्णय सच्याउन हाम्रो माग छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds