2024-04-27

Close

बिपिन यादव                                             जनकपुरधाम । विद्याकीदेवी सरस्वतीको पूजा नजिकिएसँगै धनुषाको विदेह नगरपालिका ६ तिनकौरिया चोकका कालिगड (मूर्तिकार) सत्यनारायण पण्डितलाई सरस्वतीका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ ।

वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिनका लागि यहाँका कालिगडलाई विभिन्न किसिमका मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो ।

वसन्तपञ्चमीको पूजामा सरस्वतीको मूर्तिबाट प्रशस्त आम्दानी हुने भएकाले जिल्लाका कालिगड मूर्ति बनाउन व्यस्त भएका सत्यनारायण पण्डितले बताए ।

विद्यालयहरुमा सरस्वतीको मूर्तिको माग बढी भएकाले यहाँका कालिगड मूर्ति बनाउन व्यस्त रहेका उनको भनाइ थियो ।

मूर्तिको आकार हेरेर मूल्य तोकिने भए पनि एउटा मूर्तिलाई रुपैयाँ १ हजारदेखि ७ हजारसम्ममा पर्ने कालिगड सत्यनारायण पण्डितले बताए ।

गणेश पूजा, लक्ष्मी पूजा, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा र दुर्गा पूजालगायत पर्वमा मूर्ति बेचेर करिब रुपैया १ लाखसम्म आम्दानी हुने उनले जानकारी दिए ।

“विशेष समयमा मूर्तिको माग बढी आउने भएकाले घरपरिवारका सबै सदस्य काममा लाग्ने गर्दछन्” मूर्तिकार पण्डितले भने ।

उनका अनुसार सरस्वती पूजाका लागि यसअघिका वर्षभन्दा यस वर्ष बढी माग आएको छ । उनले वार्षिक रुपैयाँ २ लाखसम्म आम्दानी हुने गरेको बताए ।

उनका अनुसार अधिकांश निजी तथा सामुदायिक विद्यालयले सरस्वती पूजाका लागि मूर्ति बनाउन दुई महिना अघिदेखि कालिगडलाई सूचना दिने गरेका छन् ।

विद्यालय बाहिर टोलबस्तीमा गरिने पूजाको लागि भने पूजाको एकदिन अगाडि बिक्री स्थलमा गएर आफ्नो आर्थिक सामथ्र्य अनुसार सरस्वतीको मूर्ति छानेर खरिद गर्ने गरिएको स्थानीयवासी राजेश साहले बताए ।

मूर्तिको आकार र प्रयोग गरिएका सामग्रीका आधारमा प्रतिमूर्ति रुपैयाँ १ हजारदेखि रू ८ हजारसम्म मूल्य पर्ने कालिगड सत्यनारायणले बताए ।

यो पेसाबाट आफु सन्तुष्ट रहेको भन्दै यसबाटै सहज रुपमा जीविकोपार्जन भइरहेको उनको भनाइ थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds