2024-05-02

Close

जनकपुरधाम । नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलिदेखि मधेश प्रदेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा भोलिदेखि हुने अधिवेशन हुने छ ।

अधिवेशनको लागि मञ्च तथा पण्डाल लगायत सम्पूर्ण तयारी पूरा भएको एमाले मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनका अनुसार भोल पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने तथा नेताहरूले सम्बोधन गर्नेकार्यक्रम रहेको छ ।

अधिवेशनका लागि ७ हजार नेता कार्यकर्ता अट्ने क्षमताको पण्डाल बनाइएको हो ।
मधेश प्रदेशको आठवटै जिल्लाबाट अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

उनका अनुसार व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्नका लागि १०५ जना स्वयंसेवक परिचालन गरिने छ । प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।
अधिवेशनमा ४० लाख रुपैयाँभन्दा बढी खर्च हुने एमालेको अनुमान छ, जसका लागि प्रतिनिधिहरूबाट दुई हजार रूपैयाँ रकम संकलन गरिने छ । यसैगरी प्रदेशसभा सदस्यहरुबाट १० हजार, पालिका प्रमुखबाट २५ हजार र पालिका उपप्रमुखहरुबाट १० हजार रूपैयाँका दरले आर्थिक सहयोग संकलन गरिएको प्रदेश अध्यक्ष यादवले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds