2024-04-26

Close

विपिन कुमार यादव/ जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिका ६ सोनिगामा चोकमा जनता समाजवादी पार्टीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा जसपाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रगत दिएका छन् । कार्यक्रममा उपस्थित अधिकांश युवा र एक जना नेपाल प्रहरीले रक्तदान गरेका हुन् ।

जसपाका युवा नेता राजेश कुमार यादबको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरिया र विशिष्ट अतिथि हँसपुरका मेयर रामज्ञान मण्डल अतिथि नेपाल रेडक्रस धनुषाको सभापति नरेश प्रसाद सिंह थिए ।


कोरोना महामारीका बेला रगतको चरम अभाव भइरहेका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको नेता राजेश यादबले बताए ।

मेयर मण्डलले पनि रक्तदान जिवन दान हो भन्दै रक्तदान गरेपनि स्वास्थ्यमा कुनै समस्या नआउने गरेको सुनाएका थिए । उक्त कार्यक्रममा पार्टी नगर अध्यक्ष लाल बाबू यादव,कमला नगर अध्यक्ष मनिक लाल मण्डल युवा जिल्ला अध्यक्ष दिपु कापरी,सरोज कुमार मण्डल, युवा केन्द्रीय सचिव अशोक कुमार मण्डल,औरही नगर अध्यक्ष कमदेब मण्डल,विनोद रोहिता,जिवछी महतो,सुरेन्द्र कुमार मण्डल लगायतका पार्टीको नेताकार्यकर्ताको उपस्थिति रहेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds