2024-12-14

Close

वीरगञ्ज । सिमा सुरक्षा तथा खुला सिमाको कारण हुने अवैध भन्सार छली चोरी निकासी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीबाटै अन्डर सेटिंगमा वीरगन्ज भन्सार मुख्य नाका बाटै चोरी तस्करीले प्रश्रय पाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सामा दरवन्दी भई हाल वीरगञ्ज भन्सार गुल्ममा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक सई सहदेव सापकोटाले अन्डर सेटिंगमा भन्सार छलीमा सहयोग पुर्याइरहेको भन्सार स्थीत सशस्त्र प्रहरी स्रोतले जनाएको छ । सई सापकोटाले गुल्मपति डिएसपीलाई समेत आखाँ छलेर दर्जनौ तस्कर समुहलाई अन्डर सेटिंगमा तस्करी गर्न माहोल मिलाई दिएका छन । वीरगञ्ज भन्सार अगाडी दैनिक रुपमा खटिने सशस्त्र प्रहरीको चेकिंग टोलीमा सई सापकोटाको डिउटी परेको बखत निर्वाध रुपमा तस्करी हुने गरेको स्रोतले जनायो । रक्सौल वीरगञ्ज चल्ने् अधिकांश जेएसए टेम्पु,अटो रिक्सा, अटो पेट्रोल र स्कुटी गाडीहरुमा अन्डर सेटिंगमा ब्रान्डेड लत्ता—कपडा, काजु, मोटर पार्टस, हार्डवेयर लगाएत महंगा वस्तुहरुको दैनिक रुपमा अवैध चोरी निकासी भईरहेको सशस्त्र प्रहरी स्रोतले जनायो । बाराको कलैया बजारमा कपडा तथा पार्चुन पसल रहेको मुखियाजी भन्ने र सिमा नजिकै फुसको छाप्रो बनाई बसेको मुख्तार मियालाई सई सापकोटाले दैनिक ४ जेएसए टेम्पुमा कपडा तथा कास्मेटिक आईटमको सामान ओसार पसार गर्न ग्रिन सिग्नल दिएका छन । त्यतीमात्र होईन सई सापकोटाले महिला समुहहरु मालती, चन्दा, रेखा र काली लगाएतकालाई अटो सेटिंगमा शटिंग—शुटिंगका कपडाहरु ओसार पसार गर्न छुट दिएका छन । सर्वसाधारणले सिमावर्ती भारतीय शहर रक्शौलबाट २—४ किलो प्याज किनेर ल्याउदा खोसेर भन्सार बुझाउने सशस्त्र प्रहरीले भने मोहन,सुरेश,राहुल लगाएतकालाई साईकल तथा ई रिक्सामा क्वीन्टलका क्वीन्टल प्याज तस्करी गर्न आखाँ चिम्लेर सहयोग गरिरहेको छ । सई सापकोटाले भन्सार अगाडीको दैनिक डिउटीमा नपरेको दिनपनि उनी सादापोषाकमा उभेर अन्डर सेटिंगका माल समानहरु कटाउन लागी परेको त्यहाँ रहेको सिसिटिभी फुटेजबाट समेत हेर्न सकिन्छ । सई सापकोटाको बिहान देखी बेलुकाको उठबस तस्कर समुह संगै हुने गरेको सशस्त्र प्रहरी स्रोतले जनायो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अवैध भन्सार छली चोरी तस्करी नियन्त्रणमा खरो रुपमा उत्रिन् सशस्त्र प्रहरी कर्मचारीलाई दिएको निति निर्देशन विपरित सई सापकोटाले भन्सारको संसारमा भुलेर गरेको तस्करहरु संगको गठजोडलाई कसरी नियन्त्रण गर्न सकिन्छ त्यता तर्फ सशस्त्र प्रहरी मुख्यालय तथा बाहिनीको ध्यान जान आवश्यक छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर