जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको उल्लासको पर्व दिपावली (तिहार) मा पटाखा नजलाउन प्रशासनले चेतावनी दिएको छ ।
जिल्ला प्रशसान कार्यालय धनुषाले मँगलबार एक सूचना जारी गर्दै तिहारको नाममा पटाखा नजलाउन भनेको हो । हिन्दु धर्मावलम्बीहरुको उल्लासको पर्व मानिने तिहारमा विगतझैँ खुसियालीमा पटाखा जलाउँदै आएको छ ।
धनुषा प्रशासनले तिहारको नाममा पटाख पडकाउने, आतिशवाजी गर्ने, जुवातास खेल्ने, प्रज्वलनशिल पदार्थहरु फुटाउनेलाई कारवाही गरिने जनाएको छ । सूचनामा देउसी भैलो समेत राती १० बजेसम्म मात्र खेल्न भनिएको हो ।