2023-05-31

Close

विपिन कुमार यादव/ जनकपुरधाम : तेस्रो मधेस आन्दोलनका शहिदहरुको सम्झनामा बिहीबार साँझ जनकपुरको जनक चोकमा श्रद्धाञ्जली सभा गरिएको छ ।

२०७२ भदौं २५ गते (आजकै दिन) मधेसी दलले ‘चलु जनकपुर, भरु जनकपुर’ नारासहित जनकपुरको आन्दोलनमा सहभागीता लागि जनतासँग आह्वान गरेको थियो । उक्त आन्दोलनमा जनकपुरमा जनसागर नै उर्लियो । प्रशासनले थेग्न सकेन र दमन गरे ।

प्रहरी र आन्दोलनकारीबीच पटक पटक झडप भयो । सोही क्रममा सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाए । गोली लागेर निकु यादब, दिलिप यादब र संजय चौधरी शहिद भएका थिए । उनीहरुको सम्झनामा जनता समाजवादी पार्टीले श्रद्धाञ्जली सभा गरियो ।

श्रद्धाञ्जली सभामा प्रदेश साँसद प्रमेश्वर साह, रामअशिष यादब, मेयर लालकिशोर साह, नेताहरु पशुपति यादब, प्रमोद यादब, संजय सिंह, संजय चौधरी, चन्द्रदीप यादव,दिपु कापर, मनोज चौधरी लगायतका नेता तथा कार्यकर्ताको सभागिता थियो । उनीहरुले शहिदको तस्विरमा माल्र्यापण गरे । साथै दिप समेत प्रज्वलन गरियो ।


यता, जनता समाजवादी पार्टीका संघीय साँसद उमाशंकर अरगरियाले मधेस आन्दोलनका शहिदहरुको योगदानलाई कहिल्यै भुल्न नसकिने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित उनले भनेका छन्, ‘शहिदले देखेको सपना एकदिन अवश्य पुरा हुनेछ । हामी शहिदको सपना पुरा गर्न अझै संघर्ष जारी राखेका छौं । मधेसको सारा मुद्दा संबोधन नभएसम्म संघर्ष गरिरहन्छौं ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर