2025-05-30

Close

जनकपुरधाम । नेपाली कांग्रेसबाट हाल सम्म ११ जना गृहमन्त्री भएकामा ६ जना विवादित मात्र बनेनन ५ जना हिरासतमै बस्नु प¥यो एकजना विजयकुमार गच्छदार हिरासत बाहिरबाटै मुद्दा लडिरहेका छन् । छ जनामा ३ जना कारागारनै चलान भए ।

बहुदल पश्चात २०४६ चैत २४ गते नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा कांग्रेसबाट पहिलो पटक गृहमन्त्री बनेका योगप्रसाद उपाध्याय देखि वर्तमान गृहमन्त्री रमेश लेखक सम्म आइपुग्दा कांग्रेसबाट कुल ११ जना गृहमन्त्री बनेका छन् ।

जस्मा शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोविन्द राज जोशी, पुर्ण बहादुर खड्का, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँड र रमेश लेखक हुन । यि ११ मध्ये छ जना आरोपित र विवादित बने भने पाँचजना सफल भए ।

पाँच गृहमन्त्री जो विवादित बनेनन।।
सफल भएकामा देउवा पाँच पटक प्रधानमन्त्री नै भइसकेका छन भने पौडेल हाल राष्ट्रपति हुन । ११ मा एक मात्र मधेशी मुलका गृहममन्त्री निधि पनि सफल गृहमन्त्रीमा पर्दछन् । योगप्रसाद उपाध्याय र पुर्ण बहादुर खड्का पनि कुनै विवादमा तानिएनन ।

हाल सम्म काग्रेसबाट गृहमन्त्री बनेका एकमात्र मधेशी प्रतिनीधि विमलेन्द्र निधि र्निविवाद र सफल गृहमन्त्री सावित भए । आईजिपी नियुक्तीमा देखाएको स्पष्ट अडान र परिआएका बेला पदबाट राजिनामा समेत दिन पछि नहटेको चर्चा कमाएका निधि राजिनामा नदिन दबाब परेपछि पुनः पदमा फर्किएका थिए । उनको कार्यकालमा मधेश प्रदेशको सप्तरी मलेठमा गोली चलेर मान्छे मारियो तर निधिले स्पष्ट रुपमा आफुले गोली चलाउने आदेश नदिएको दावी गरे । मधेशी मुलका भएकाले उनलाई विवादित बनाउन यस्तो गरिएको चर्चा पनि चलेकै हो । उनले कार्यसम्पादनमा पार्टी नेतृत्व सामु पनि घुडाँ नटेकेको भन्दै प्रशंसा बटुले ।

यस्ले पनि गृहमन्त्री बन्दा पार्टीबाटै पनि धेरै षडयन्त्र खेप्नु पर्दछ भन्ने सन्देश प्रवाह हुने गरेको छ । हालका गृहमन्त्री रमेश लेखकले पनि आफु विरुद्व पार्टी भित्रैबाट पनि षडयन्त्र भइरहेको संकेत गरेका छन भने उनको राजिनामा आउनुपर्ने आवाज बाक्लिदै गइरहेको छ । पार्टीकै प्रभावशाली नेता तथा सभापतिका दाबेदार शेखर कोईरालाले लेखकको राजिनामा आउनुपर्ने मांग गरिसकेका छन् ।

विवादित र आरोपित ६ गृहमन्त्री।।
दुई पटक गृहमन्त्री बनेका खुमबहादुर खड्का अकुत सम्पती आर्जन गरेको आरोपमा दोषी ठहर भई जेल चलान भए भने गोविन्द राज जोशी पनि सोहि आरोपमा स्र्वोच्च अदालतबाट दोषी ठहर हुदै जेल भुक्तानी गर्नु परेको थियो । कृष्णप्रसाद सिटौला सुडानमा वख्तरबन्द गाडी तथा बन्दोबस्ती समान खरिद गर्दा २९ करोड घोटाला भएको आरोपमा विवादित बने, नक्कली भुटानी शरनार्थी प्रकरणमा बालकृष्ण खाँड आरोपित बन्दै सात महिना हिरासतमा बसे मुद्दा अझै जारी छ ।

कांग्रेसबाट गृहमन्त्री बनेको थारु प्रतिनिधी विजयकुमार गच्छदार ललिता निवास प्रकरणमा आरोपित बने र मुद्दा दायर भएपछि फरार भए । पार्टी सभापति देउवा पाँचौ पटक प्रधामन्त्री बनेपछि अदालतमा उपस्थित भएर वाहिर बाटै मुद्दा लडेका गच्छदारको मुद्दा अझै विचाराधिन छ । भिजिट भिसाको सेटिङ्गमा सचिवालयको नाम जोडिएपछि वर्तमान गृहमन्त्री लेखक विवादमा परेका छन् । यद्यपि उनले आफनो कुनै संलग्नता नरहेको र ठहरे राजनीतिनै परित्याग गर्ने घोषणा गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर