2024-05-18

Close

जनकपुरधाम । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म रेलमाग निर्माण अन्तरगत तेस्रो चरणको काम सुरु हुने भएको छ ।

रेल विभागले रेल्वे एक सूचना जारी गर्दै भंगहादेखि बर्दिबाससम्म रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली मंसिर १५ गतेभित्र भित्राउन आग्रह गरेको छ ।

विभागले भंगहा (विजलपुरा)–बर्दिबास रेलमार्ग उप–खण्ड एवं पूर्व–पश्चिम विद्युतिय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाहरुको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्राउन आग्रह गरेको छ ।

विभागले मंसिर १५ गतेपछि पनि बालीनाली लगाएमा त्यसको क्षतिपूर्ति नदिने समेत जनाएको छ । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ ।

पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म, दोस्रो चरणमा कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म निर्माण भइरहेको छ । पहिलो दुई चरणको काम सकेर रेल्वे समेत सञ्चालनमा आइसकेको छ भने तेस्रो चरणको काम अब सुरु हुन लागेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds