2024-05-06

Close

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक हुन् । उनी दश वर्षअघि माध्यमिक विद्यालय शिक्षकबाट अवकाश भएका हुन्। दासले अवकाश हुँदा प्राप्त रकमबाट जनकपुरधाम–१६ पुल्चोकमा किराना पसल सञ्चालन गरी त्यसैबाट जीविकोपार्जन गर्दै आएकाछन् ।

२०८० वैशाख २४ गतेसम्म दासको व्यवसाय र समय ठीकठाक चलिरहेको थियो । तर गत वैशाख २५ गते भने उनले अप्रत्यासित घटना सामना गर्नुपर्यो । राति ९ बजेको समयमा उनी फिल्मीशैलीमा कुटपिट र लुटपाटमा परे । सो रात दाससँग भएको रु एक लाख ५१ हजार नगद लुटपाट भयो । साथै उनलाई १५–२० वटा कागजको पानामा औँठा छाप लगाइयो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर उद्धार गर्यो ।

‘राति ९ बजेको थियो, म पसल बन्द गरेर घर जाँदै थिए, नकाबधारी समूहले फिल्मीशैलीमा सडकमै कुटपिट गरी नगद लुटपाट गरे’, दासले भने, ‘नकाबधारीले पेस्तोल, फलामे रड र लट्ठी बोकेका थिए । मैले रामविलास दास र इन्द्र दासलाई मात्र ठम्याउन सके । उनीहरूले रोडभन्दा दुई सय मिटरजति उत्तरतर्फ खेतमा लगेर लुटपाट र कुटपिट गरे । कागजमा मेरो औँठा छाप लगाएर भागे । यो सबै घटना प्रहरीलाई थाहा छ ।’

घटना भएको छ महिना पूरा हुँदैछ । अहिलेसम्म दासको जाहेरी दर्ता भएको छैन । लुटपाटको भोलिपल्ट अर्थात् गत वैशाख २६ गते कपिलेश्वर प्रहरी चौकी र वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनाबारे जाहेरी दर्ता गराउन पुगे पनि पहिले घटनाबारे बुझ्छौँ अनि दर्ता गरौँला भनेर त्यहाँबाट फर्काइएको दासले बताए ।

मङ्गलबार पत्रकार सम्मेलन गरी दासले गुनासो गरे, ‘मेरो जाहेरीको विषयमा प्रहरीसित पटक–पटक जानकारी लिन खोजेँ । तर बुझ्दैछौँ भनेर आलटाल गर्ने गरेका छन् । गत साउन २१ गते जनकपुरधामस्थित जिल्ला सरकारी वकिल कार्यालयलाई निवेदन दिएको छु । सो कार्यालयको चलानी नं ३२१ पत्रसहित हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी पठाएको थिएँ । तर कुनै सुनुवाइ भएको छैन ।’

करिब २० वटा कागजमा औँठा छाप लगाइएकामा एउटा कागज भने मिटरब्याजी शैलीमा रकम लिएको भनेर सार्वजनिक भएपछि आफू जालसाझीको सिकार भएको र त्यो विषय जानकारी गराउँदा पनि प्रहरीले सहयोग नगरेको दासको गुनासो छ । सार्वजनिक भएको सो कागजमा घटना घटेको छ वर्ष पुरानो मिति राखेर अर्थात् विसं २०७४ माघ १४ गते दासले महोत्तरीको लोहरपट्टी–५ का ४२ वर्षीय अशोककुमार ठाकुरबाट सयकडा १० प्रतिशत ब्याजमा रु बीस लाख ऋण लिएको उल्लेख छ ।

‘बीसवटा कागजमा औँठा छाप गरिएकामा एउटा मात्र सार्वजनिक भएको छ । त्यसपछि म निकै विक्षिप्त छु, बाँकी कागज सार्वजनिक हुन बाँकी नै छन्’, दासले भने, ‘साहु भनिएका ठाकुरले ऋण असुलउपर गरिपाउ भनी कानुनी उपचारमा गएको जानकारी पाएको छु । अब भोलिपर्सी अरु कागज पनि आउलान् । म प्रधानाध्यापकबाट अवकाश पाएको व्यक्ति, यति ठूलो रकम कहिल्यै कसैसँग ऋण लिएको छैन । वृद्धावस्थामा दुःख पाए । कारण बुझ्न प्रहरीलाई गुहारेको थिएँ । तर न्याय पाइनँ । अब हदम्यादभित्रै अदालत जान्छु ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds