2024-03-29

Close

जनकपुरधाम । पर्सा क्षेत्र नम्बर १ सांसद प्रदीप यादव, संघीय सरकारको मन्त्री बन्ने निश्चित भएको छ । यादव, वन तथा वातावरण मन्त्री बन्ने पक्का भएको हो ।

जनता समाजवादी पार्टी (जजसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आइतबार बेलुकी प्रधानमन्त्री शेर बहादुर देउवालाइ बुझाएको तीन जना नयाँ मन्त्रीहरुको सुचीमा यादवलाइ वन तथा वातावरणमन्त्रीमा सिफारिस गरिएको हो ।

जसपा अध्यक्ष उपेन्द्रले प्रम देउवालाइ बुझाएको नयाँ मन्त्रीहरुको सुचीमा यादवलाइ वन तथा वातावरण मन्त्री, बाँके क्षेत्र नम्बर २ का सांसद महम्मद इस्तियाक राइन्लाइ भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री र सप्तरीका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवलाइ कृषि तथा पशुपंक्षि विकास मन्त्रीमा सिफारिस गरिएको छ ।

जसपाले अहिले रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाइ भने यथावत नै राखेको छ ।

जसपा उच्च श्रोतका अनुसार, हाल जसपाबाट सरकारमा रहेका चार मध्ये तीन जना मन्त्रीहरुलाइ सोमबार फिर्ता बोलाउने र नयाँ सिफारिस गरिएका तीन जना मन्त्रीहरुको सोमबार नै शपथ ग्रहण गराउने तयारी रहेको छ ।

जसपाले अघिल्लो हप्ता मात्रै सरकारमा अहिले रहेका आफना पार्टीका मन्त्रीहरुलाइ फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो ।

जसपाबाट हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds