2024-05-05

Close

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ ।
बुधबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको जानकारी दिएका हुन् ।

उनले भोलि (बिहीबार) प्रहरी समायोजन र निजामती कर्मचारी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताए । उनले प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अप्ठ्यारो परेको बताए । उनले संघीय सरकारलाई प्रहरी समायोजन गर्नका लागि ३० दिनको समय सीमा दिइने र सो समयमा पनि समायोजन नभएमा चरणबद्ध आन्दोलन गर्ने बताए ।

उनले भने, ‘संघीय सरकारले प्रदेश सरकारलाई कानून बनाउनबाट जुन वञ्चित गरेको छ । अधिकार दिएको छैन । त्यसको निम्ति हामी भोलि प्रधानमन्त्रीज्यु कहाँ साढे १० बजे ज्ञापन पत्र बुझाउँदै छौँ । प्रहरी प्रशासन अहिलेसम्म हाम्रो मातहतमा आएको छैन । जबकि संघले पनि प्रहरी ऐन बनाइसकेको छ तर कार्यान्वयनमा आएको छैन । यस्तै निजामती ऐन लगायतका धेरै विषयहरु छन् । प्रदेशलाई हस्तान्तरण गरिएको छैन । जुन कारणले प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो छ । दबाब दिनको लागि ज्ञापन पत्र बुझाउँछौँ । ३० दिनको समय दिएर । ३० दिनभित्र कार्यान्वयन पक्षमा केन्द्र सरकार गएन भने हामी चरणबद्ध आन्दोलनतिर लाग्छौँ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds