2024-04-28

Close

जनकपुरधाम । धनुषाको धनुषाधामस्थित संरक्षित वन क्षेत्रमा हिमाली चराचुरुङ्गी आउनेक्रम सुरु भएको छ । चराचुरुङ्गीका लागि सुरक्षित बासस्थान मानिएको संरक्षित वन क्षेत्रमा जाडो छल्न हिमाली क्षेत्रका चरा आउन थालेका हुन् ।

मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष एवम् चराचुरुङ्गी संरक्षणका क्षेत्रमा कार्य गर्दै आउनुभएका देवनारायण मण्डलले पुस महिना लागेसँगै हिमाली चराचुरुङ्गीको आउने क्रम सुरु भएको बताउनुभयो । चराचुरुङ्गीको आउने क्रम माघ दोस्रोरतेस्रो सातासम्म रहने उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म पाँचदेखि आठ प्रजातिका चराचुरुङ्गी आएको बताउँदै उहाँले भन्नुभयो, ‘वन क्षेत्रमा चराचुरुङ्गीको आहारा, सुरक्षित बासस्थान, आठ बिघा क्षेत्रफलमा फैलिएको ताल र अरु थुप्रै सानाठुला सिमसार क्षेत्र भएकाले सुरक्षित ठाउँ खोज्दै चराचुरुङ्गी यहाँ बस्न आउने गरेका छन् ।

चिसो याममा वर्षेनी हिमाली चराचुरुङ्गी आउने गरेका छन् । यहाँ आउने चराचुरुङ्गीमध्ये जलाशयमा बस्ने चरा बढी आउने गरेको उहाँको भनाइ छ । कालो गरुड, सेतो गरुड, ग्रिन स्याँक, खोया हाँसलगायतका चरा आएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार धनुषाधामस्थित संरक्षित वन क्षेत्रका साथै कमला नदी र जनकपुरधाममा समेत हिमाली चरा आउने गरेको छ । जनकपुरधाममा थुपै्र जलाशय भएकाले तथा कमला नदीमा चौबिस घण्टा पानी बगरिहने र जङ्गल क्षेत्रसमेत भएका हिमाली चराचुरुङ्गी यहाँ आउने गरेका हुन् ।

चराचुरुङ्गी संरक्षण तथा उद्धार कार्य गर्दै आएका गणेश साहले हिमाली चराहरु अहिले आउने क्रममै रहेको बताउँदै उहाँले हिमाली क्षेत्रमा चिसो बढेपछि तराई झर्ने चराचुरुङ्गीको सङ्ख्या अझै बढ्ने बताउनुभयो । ‘यता आउने चराहरु फागुन महिनामा फर्कन्छ । त्यसअवधिमा बच्चा जन्माउने, हुर्काउने र फर्किने बेला बच्चालाई सँगै लैजाने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा पाइने ८८८ प्रजातिका चरामध्ये चराचुरुङ्गीका लागि सुरक्षित बासस्थान मानिएको यस वन क्षेत्रमा २८२ प्रजातिका चरा रहेको गणना गरिएको साहले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds