2024-05-07

Close

सिरहा । केही महिना अगाडी करोड बढीको कपडा काण्डमा सशस्त्र प्रहरीको सेट नै कारवाहीमा परेको घटना नसेलाउँदै सिरहाको माडर नाकाबाट तस्करीको लाईन पुनः खुल्ला गरिएको छ ।

सिरहाको माडर नाकाबाट दैनिक करोडौँको समान तस्करी गराउन बिओपी माडर र सिरहा प्रहरीले सेटिँग मिलाएका छन् । न्यूज ब्यूरोले प्राप्त गरेको प्रमाणको आधारमा सिरहाको माडर नाकाबाट हुने तस्करीको लागि बोर्डरमा रहेको सशस्त्र प्रहरी र भन्सार कार्यालयले लाईन खोलेका छन् ।

माडरमै रहेको भन्सार कार्यालयका कर्मचारी र बिओपी माडरले सँयुक्त रुपमा फरक क्षमता भएका व्यक्ति ९अपाँग० लाई प्रयोग गरी लाखौँको तस्करीमा हजारौँ महिनबारी बुझ्ने गरेका छन् ।

बिओपी माडरका ईन्चार्ज राजु दाहाल, भन्सारका हाकिम रामराज प्रसाद चौरसिया र प्रहरी कार्यालय माडरका ईन्चार्ज सँजय तामाँग प्रथम चरणमा महिनबारी फिक्स गर्छन् । यी तीन निकायको हरियो झण्डीमा माडर भन्सारबाट समान निस्किन्छन् ।

माडरबाट निस्केको समान सिरहा हुँदै सिरहा जिल्लाको विभिन्न स्थानमा पसल, गोदाममा पुरयाउनको लागि फरक क्षमताका व्यक्ति (अपाँग) लाई प्रयोग गरिन्छ ।

सिरहाबाट माल छुटेपछि चोहर्बा हुँदै गोलबजार, मिर्चैयासम्म जाने गरेको छ । जसको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी एवम् ईन्चार्ज जीतेन्द्र बस्नेतले महिनबारी तोकेका छन् । मिर्चैयासम्म पुग्ने माल समानको लागि डिएसपी बस्नेतले समेत १२०० रुपैयाँ प्रति तस्कर पाउने गरेको छ ।

जसको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी एवम् ईन्चार्ज जीतेन्द्र बस्नेतले महिनबारी तोकेका छन् । मिर्चैयासम्म पुग्ने माल समानको लागि डिएसपी बस्नेतले समेत १२०० रुपैयाँ प्रति तस्कर पाउने गरेको छ ।            केही महिना अगाडी सशस्त्र प्रहरी र नेपाल प्रहरीकै केही अधिकारीहरु कारवाहीमा परेपछि केही दिन चिसिएको माडर बोर्डर अहिले पुनः तातिएको छ । अपाँगता भएका व्यक्तिहरुलाई सिरहाका व्यापारीहरुले प्रयोग गरी भन्सार छलीको समान ढुवानी गराउने गरिएका छन् ।

अद्यौगिक र बजार क्षेत्र रहेको मिर्चैयासम्म जाने भन्सार छलीको समानको हरि झण्डी डिएसपी बस्नेतले दिएको पुष्टि समेत मँगलबार एक तस्करले खोलेका छन् । मँगलबार माडर नाकाबाट भन्सार छली गरी ल्याएको मैदा, चिनी, पसलका करिब ५० हजार बराबरको समानहरुलाई २५०० रुपैयाँकै भन्दै भन्सार समेत रहेको बताएपछि उनको मिलोमत्तो पुष्टि भएको हो ।

न्यूज ब्यूरोले माडर नाकाबाट निस्केपछि नै बाटोमै समान ओसार पोसार गर्ने व्यक्तिको भिडियो, समानको भिडियो बनाएपनि मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतले समान नै नरहेको बताएपछि तस्करीमा उनको सँलग्नता पुष्टि भएको हो ।

सिरहाका व्यापारी अजय र मोहनको मालमा प्रहरीकै स्कटिँग
सिरहाका व्यापारी अजय र मोहनको माल समान पार गराउन बिओपीदेखि जिल्लास्तरका प्रहरीहरुले महिनबारी बुझ्ने गरेका छन् । मालसमान ढुवानी गर्ने व्यक्तिका अनुसार, आफूहरु भारतबाट ल्याउने कार्य मात्र गरेको तथा प्रहरीसँगको सेटिँग अजय र मोहनले आफैँ गरेको बताए ।

नाम नखोल्ने शर्तमा ती ढुवानी कर्ता (फरक क्षमताका व्यक्ति) ले माडरदेखि, सिरहा नगर प्रहरी, मिर्चैया प्रहरी, गोलबजार प्रहरीसम्मको भान्डा फोडे । अजय र मोहनले उल्लेखित नामका प्रहरीहरुलाई महिनबारी बुझाउने गरेका छन् । यसको भिडियो सबुत न्यूज ब्यूरोसँग सुरक्षित छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds