2024-04-19

Close

जनकपुरधाम । सांसद प्रमोद साह पक्राउ परेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले बुद्ध एयरको कार्यलयमा तालाबन्दी गरेको छ।

यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले आज बिहान १० बजे जनकपुरको कदम चौक स्थित रहेको बुद्ध एयरको कार्यलयमा राजपा नेपाल प्रदेश २ का प्रमुख सचेतक एवम् प्रदेश सांसद प्रमेश्वर साहको नेतृत्वमा ताल्चा लगाएको छ।उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झा प्रदेश सासद सुरिता साह, पुर्व सासद दिनेश साहको उपस्थिति समेत रहेका थियो।

यसैबीच समाचार संकलन गर्न पुगेका अप्पन टिभी पत्रकार संजय साह र टिभी टुडेका पत्रकार कुलदिप प्रेमी माथी प्रहरीले हाथपात गरेको छ।

उनीहरुले बुद्ध एयर र सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा राजपा सांसद साहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds