2024-04-29

Close

जनकपुरधाम । रामकलेवा विधि भए संगै सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।

आइतबार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि मनाईएको छ । रामकलेवामा नेपाल सहित भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ३६ प्रकारका व्यञ्जन सहित भोजन र दक्षिणा दिएर बिदाइ गरिएको छ ।

रामकलेवामा झण्डै १० हजार साधुसन्त र श्रद्धालुलाई ३६ व्यञ्जनको भोजन गराइएको जानकी मन्दिरका छोटे महन्थ रोशण दास वैष्णवले जानकारी दिए । मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, झोरी, बरी, अचार, मिठाई सहित ३६ प्रकारका व्यञ्जन समावेश गरिएको थियो ।

साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणा समेत दिइएको छोटे महन्थ वैष्णवले जानकारी दिए । जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर बिदाइ गर्ने चलन छ । दुई सय देखि पाँच सयसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरिएको छ ।

भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट हरेक पाँच वर्षमा जन्ती आउने परम्परा रहेको छ । यसवर्ष पनि लाखौँ श्रद्धालु र साधुसन्त विवाह पञ्चमीमा सहभागी भएका छन् । एक साता बढी देखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम गए राति सीताराम विवाह सम्पन्न भए लगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौँथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि, छैँटौँ दिन स्वयंवर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज सोमबार रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds