2024-04-26

Close

रौतहट – किसान संघर्ष समिति द्वारा गाउँपालिकामा अध्यक्ष लाई ज्ञापन बुझाउँदै युवा नेता संजय यादवले बताए कि हाम्रो देश नेपाल कृषि प्रधान देश हो त्यमा पनि मधेशका अधिकांश जनता कृषिमै अधारीत रहेको छ । त्यस मध्ये पनि दुर्गा भगवती गाउँपालिकाका वडा नं.४ का जनताहरु पूर्ण रुपमा कृषिमै निर्भर रहेको छ । हामी दुर्गाभगवती गाउँपालिकाका किसानहरुको हातमूख जोडने तथा जिवनका हरेक आवश्कताहरुको परिपुर्ती खेतीपाति बाट प्राप्त आम्दनी मै पुर्ण रुपले निर्भर रहेका छन् ।

दुर्गाभगवती गाउँपालिका का हामी किसानहरु वषैनी बाडीले पिडिट रहदै आएका छौ । हाम्रो दुःख रपिडामा गाउँपालिका बाट मलहम लगाइ योस भने आशाबादी छौ गाउँपालिका बाट विभिन्न सुबिधाको आशा राखे पनि किसानहरुलाइ समयमा विउविजन, मलखाध लागायत उन्नत तथा वैज्ञनिक तरिकाले खेतिपाति गर्नलाइ कृषी तालिम प्राप्त हो भने आशा समेत राखेका बताए ।

तर त्यस मध्ये कुनै पनि किसीमको सुविधा अहिले सम्म प्राप्त नभएको अनुभिति व्यक्त गरेको छ । यस पालिकाका किसानहरु आफनै तरिकाले परम्परागत शैलिमा नै खेतिपाति गरदै आएको बताए । यहि पुषको दोस्रो हप्तामा नहरमा पानी आउदा त्यसको पानी अनियन्त्रित तवरले किसानहरुको सैकडै बिघामा लगाएको दलहन वालि मसुरि,तेलहन वाली सरसो तोरी र गेहुमा पानी पसेर नष्ट भएको जसको प्रमुख कारण गाउँपालिकाले बाढि आएको बेला नहरकाटि पानी खोलेको तर त्यसलाइ नपुरि जस्ताको त्यस्त छाडेको कारण यो भयावह समस्या तथा दुःख र पिडा किसानहरुले भोग्नु परिरहेकोले यसमा गाउँपालिकाका कार्यलयको लपरवाहि तथा गैर जिम्मेवारिपन देखिएको हामी गरिव किसानहरु महशुस गरेका बताउदै हामी किसनहरुलाइ बाच्न दिनु मर्नबाट बचाई दिनु माग राखेको छ । तपसिलका मागहरु लाई यथाशिघ्र पुरागरी गरिव किसानहरु प्रतिको संवेदनशिलता देखिने र स्थानिय सरकारको प्रत्याभुति हामि गरबिलाइ पनि होस भने आशा राखि युवा नेता संजय यादवले ज्ञापन पत्र द्वारा माग गरेको छ ।

तपसिलका मागहरु,
१. पानीले हानी नोक्सानि भएको जग्गाहरुलाइ निरिक्षन मूल्यांकन गरि प्रतिकठा एक मन मसुरिको मूल्य कमति ५००० हुनेगरि छतिपूर्ती उपलव्ध गराउनु हुन ।

२. हामी किसान हरुलाइ किृषी उपकरणहरु उपलब्ध गराउनु हुन ।

३. हामी किसान हरुलाइ मल, विउ, खाध समय समयमा उपलब्ध गराउनु हुन ।

४. गाउँ पालिकाबाट किृषी अनुदान मा हुदै गरको नातावाद, कृपावाद जस्ता
अनियनितताहरु ल्गायतका भ्रष्टााचार जन्य कियाकलापहरु बन्द गर्नुपर्न ।

५.किसनहरुलाइ उन्नत कृषी प्रविधि सम्वन्धित तालिमहरु उप्लव्ध गराउनु पर्ने ।

६. पशूहरुमा समय समयमा लाग्ने रोग हरु विरुद्ध Vaccination गर्नुपर्ने ।

७. नहरको दुवै छेउमा अतिक्रमीत जागाहरु खाली गराइ पानी को निकास दिनुपर्ने ।

मथि उल्लेखित मागहरु हाम्रो जिवन मरन संग सम्वन्धित रहेको हुनाले उक्त मागहरु समयमै पुरागरि हामि कृषक जनता हरुलाइ स्थानिय सरकारको अनुभुति गराउन जोडदार मांग गर्दै । यी मागहरु अन्य निकायमा राख्न तथा अन्य तरिकाले पनि आफना मागहरु पुराग राउन बाध्य हुने ज्ञापनकर्ता किसान संघर्ष समिति अध्यक्ष संजय यादवले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds