सशस्त्र प्रहरीद्वारा श्रोत नखुलेको ८ लाख रुपैयाँसहित सिरहाबाट दुई युवक पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल सिरहाले ८ लाख रुपैयाँसहित दुई युवकलाई पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ बरियारपट्टिी सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपालको चेकजाँचको क्रममा श्रोत नखुलेको ८ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

बिज्ञापन

सशस्त्र प्रहरीको टोलीले अवैध रुपमा भारतबाट नेपाल तर्फ साईकलमा ल्याउदै गरेको अवस्थामा बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ बरियारपट्टी बस्ने बर्ष १९ को ओमनाथ नारायण मण्डल र धनगडीमाई नगरपालिका ७ बस्ने बर्ष १९ को ओम प्रकाश महतोलाई पक्राउ गरिएको हो ।

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाईएको हो ।