2024-05-05

Close

सर्लाही प्रहरीले हुण्‍डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मलंगवा बजारमा श्रोत नखुलेको नगद रकम सहित हुण्डी कारोबार गने दुई जनालाई अबैध हुण्डी कारोवारको रकम ओसार पसारको सचनाको आधारमा दुई जनालाई नगद पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले दुई जनालाई स्रोत नखुलेको २७ लाख ७५ हजार ६ सय ७० नगदसहित पक्राउ गरेको बताए । एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा बर्ष २४ को कमर राजा र बर्ष ४० को आरिफ अंसारी छन् ।

प्रहरी टोलीले सुचनाको आधारमा राजाको साथवाट कालो रंङको झोला नगद १ सयका एक हजार थान गरि १० लाख र लक्ष्मी सनराईज बैंकको ९ लाख ९०,हजार जम्मा गरेको २ वटा भौचर समेत समेत बरामद गरेको थियो । प्रहरीले अनुसन्धानको क्रममा उक्त रकम आरिफ अन्सारीको रहेको र उक्त आरिफ अन्सारीले सञ्चालन गरेको फोन सिटि मोवाईल पसलमा छापा मार्दा खैरो रङको कपडाको झोला भित्र कालो प्लाष्टीकमा लुकाई लुकाई छिपाई राखेको अवस्थामा १ सयको दरको नोट १ हजार ४ सय ५४ थान गरि १४ लाख ५४ हजार, ५ सयको नोट ६सय २२ थान ३ लाख ११ हजार १ सय को नोट १ सय ९ थानमा १० हजार९ सय गरि १७ लाख ७५ हजार ९ सय ७० गरि जम्मा २७ लाख हजार ९ सय बरामद गरेको छ ।

प्रहरी स्रोत अनुसार आरिफ अंसारी मानव तस्करी र अवैध सुनकारोवारी समेत रहेको खुलेको छ । उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत सलाहीमा प्रहरीलाई अनुमति दिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds