2024-05-02

Close

जनकपुरधाम । भन्सार कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेन्द्र बस्नेत विभिन्न भन्सार कार्यालयहरुमा कमिसन व्यवस्थापन गर्न कार्यालय सहयोगीहरुलाई प्रयोग गर्दै आएका छन् । कार्यालय प्रमुख बस्नेतले भन्सार कार्यालय जटही र विभिन्न छोटी भन्सार कार्यालयहरुमा कार्यालय सहयोगीबाट कमिसन उठाउने गरेका छन् ।

स्रोतका अनुसार जटही भन्सार कर्यालयमा पनि दुईवटा कार्यालय सहयोगीलाई कमिसन व्यवस्थापन गर्नका लागि राखेका छन् । जटही भन्सार कार्यालयमा कार्यरत्त कार्यालय सहयोगी गंगा पासवान र वैद्यनाथलाल कर्णको माध्यमबाट उनी कमिसन व्यवस्थापन गर्दै आएका छन् । दुवै कार्यालय सहयोगीको सरुवा भएको एक महिना भन्दा बढी सक्दा पनि दुवैलाई कार्यालय प्रमुख बस्नेतले कही जानु नपर्ने भन्दै दुबैलाई न त रवाना दिएका छन् न त दुबैले रवाना लिएका छन् ।

सरकारी कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि दुबैजना वर्षौदेखि जटही भन्सार कार्यालयमै कार्यरत रहेका छन् । दुबैले कमिसन उठाएर कार्यालय प्रमुखलाई महिनै पिच्छे बुझाउने गरेका कारण दुबै कार्यालय सहयोगी कुनै पनि कार्यालय प्रमुख आए त्यहाँबाट टसमस नहुने गरेको नगराइन नगरपालिका-२ का एक स्थानीयले बताए । दुवै कार्यालय सहयोगी बर्षौ देखि जटही भन्सारमै कार्यरत रहेका छन् । कार्यालय सहयोगी वैद्यनाथलाल कर्ण भन्सार कार्यालयमै भारु नेपालीको कारोबार समेत चलाएका छन् । उनी त्यहाँ अवैध सटही काउण्ट खोलेर बसेका छन् । एक हजार भारु १५ सय नेपालीमा लिएर साटने गरेका स्थानीयबासीको कथन छ ।

त्यसको कमिसन समेत कार्यालय प्रमुखलाई बुझाउने गरेका छन् । भन्सार बुझाउनका लागि भन्सार कार्यालयमै सवारीसाधन लिएर आउनुपर्ने हुन्छ तर, नेपालको कुनै कुनामा भए पनि जटही भन्सार कार्यालयबाट भन्सार काटेर ह्वाट्सएपको माध्ययमले कार्यालय सहयोगी कर्ण र पासवन पठाइदिने गरेका छन् ।

स्रोतका अनुसार कार्यालय प्रमुख बस्नेतलाई यी सवैकुरा राम्ररी थाहा छ र यिनीहरुले गर्ने यस्ता यस्ता कार्यबाट आउने रकमको अधिकांश भाग कार्यालय प्रमुखले पनि बुझ्ने गरेका कारण दुबैको सरुवा भए पनि दुवैजनालाई रवाना दिएका छैनन् । कार्यालय प्रमुख बस्नेतले कर्मचारी नआएका कारण उनीहरु त्यहाँबाट नगएको बताए ।

आन्तरिक व्यवस्थापन हुँदैछ उनले भने–‘कसैले रवाना लिन आए आपूmले दिन तयार छौं तर नआएका कारण दिएका छैननौं ।’ यता, कार्यालय सहयोगी गंगा पासवानले पनि व्यवस्थापन भएपछि आपूm जाने बताए । आफ्नो घर जलेश्वर मै रहेका कारण जलेश्वर सरुवा गराएको बताए । अर्का कार्यालय सहयोगी वैद्यनाथलाल कर्णको सरुवा विराटनगर भएको छ उनी पनि घरायसी समस्या मिलाइ रहेको बताए । तर, कहिले जाने भन्ने विषयमा केही भनेन् ।

नेपाल भारतबीच नेपालमा भारतीय सवारी साधन आयो भने पहिलो सदरमुकामसम्म र भारत जाँदा पहिलो रेल्वे स्टेशनसम्म छुट पुर्जीले जानसक्ने प्रावधान छ । तर, जटही नाका भएर आउने अधिकांश धार्मिक पर्यटक हुन्छ । जनकपुरधामसम्म आउने भारतीय सवारी साधनलाई भन्सार कटाउन दुबैले दबाब दिने तर, केही पैसा दिए छुट पुर्जी मात्र दिने गरेका छन् ।

छुट पुर्जी पनि निःशुल्क छन् तर २० रुपैयाँ भारु दस्तुर रहेको भन्दै दुई तीन सय भारु सम्म लिने गरेका छन् । भन्सार स्रोतका अनुसार भारतीयहरुलाई उनीहरुले ‘मुर्गा’ भनेर सम्वोधन गर्ने गरेका छन् । जस्तो मुर्गा आयो त्यस्तो पैसा असुल गर्ने गरेका स्थानीयबासीको आरोप छ । भन्सारमा लगाइएको ढाट राति १० बजे बन्द हुने र विहान ६ बजे खोल्नुपर्ने हुन्छ । तर, पैसा दिए उनी कुनै पनि समयमा ढाट खोल्ने गरेका छन् ।

दुई सय रुपैयाँमा राति १२ बजेमा समेत ढाट खोलेर पठाउने गरेका छन् । मान्छेको पहिचान होस नहोस, सुरक्षा संवेदनशीलता लगायत कुनै पनि प्रोटोकल दुबै कार्यालय सहयोगीका लागि सरोकार राख्दैन् । पैसा भएपछि भन्सार कार्यालय २४ औं घण्टा खुला छ । कार्यालय प्रमुख बस्नेत पनि यी कुनै कुरा संग केही सरोकार राखेका छैनन् उनीहरुले कमाउने पैसाबाट कमिसन आउँदै छ सरुवा भए पनि रोकेर राख्नुपर्ने मानसिकतामा देखिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds