2024-04-26

Close

जनकपुरधाम,साउन ३१ गते ।
विगत केही वर्ष देखि धनुषा जिल्लामा   एस.ई.ई परीक्षा मर्यादित हुन थालेको छ । समन्वय समितिको वैठकमा सुरक्षा निकायका प्रमुखहरु पनि सहभागि थिए ।

सात वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको पनि सहभागिता रहेको सो बैठकमा अनुगमनको क्रममा  उत्कृष्ट ठहर हुने केन्द्रलाई कदर सहित प्रशंसापत्र        पनि प्रदान गर्ने निर्णय  भएको प्रमुख जिल्ला अधिकारी एवं परीक्षा समन्वय समितका अध्यक्ष कणेलले बताए ।

जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको अध्यक्षतामा भएको  बैठकमा परीक्षालाई मर्यादित, व्यवस्थित तथा निष्पक्ष रुपमा सञ्चालन गर्नका लागि परीक्षा केन्द्रका केन्दाध्यक्षहरुलाई निर्देशक दिइएको छ ।

यसैगरी ऐच्छिक अर्थशास्त्रका लागि ४० जना, मैथिलीका लागि १३ जना, जनसंख्या तथा स्वास्थ्यका लागि १ सय ५ जना, कम्प्युटरका लागि ५ जना, संस्कृतको ज्योतिषका लागि २ जना तथा भाषा साहित्य तर्फ ४ जना तथा  व्याकरण तर्फ १ जनाले पुरक परीक्षामा सामेल हुनका लागि आवेदन फारम भरेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख बरखु प्रसाद रजकले बताए ।

जिल्ला परीक्षा समन्वय समितिको शुक्रबार बसेको वैठकले एस.ई.ई.को ग्रेड बृद्धिका लागि रहेको ७ वटै परीक्षा  केन्द्रहरुमा मोवाईलको प्रयोग पूर्ण रुपमा निषेध गरेको छ । परीक्षामा अंग्रेजी विषयका १ हजार ३ सय ९ जना, गणित विषयका लागि ३ हजार ५७ जना, विज्ञान विषयका लागि १ हजार ३ सय ८५ जना, नेपाली विषयका लागि ८ सय ८ जना, सामाजिक शिक्षाका लागि ८ सय ६३ जना, स्वास्थ्य तथा जनसंख्याका लागि ३ सय ८४ जना, ऐच्छिक गणितका लागि ३ हजार ८८ जनाले आवेदन दिएका छन् ।

आईतबारदेखि हुन लागेको एस.ई.ई.को ग्रेड बृद्धि  सम्बन्धि परीक्षाको सम्पूर्ण तयारी धनुषामा पुरा       भएको छ । धनुषा जिल्लामा ग्रेड बृद्धिका लागि            ३ हजार ४ सय ९० जना सहभागि हुन थालेका छन् ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds