2025-04-28

Close

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख इन्स्पेक्टर हरि बहादुर ओली जो दैनिकी जसो सडकमा समय ब्यतित गर्ने गर्छन ।
अधिकांश समय ट्राफिक जनचेतना जगाउनमा ब्यस्त इन्स्पेक्टर ओली बिगतमा ट्राफिक प्रहरीमा देखिएको बिकृती हटाउन र दुर्घटना न्यूनीकरणमा हरसम्भब प्रयास गर्न पछि पर्दैनन् ।

पुष माघको जाडो होस या बैशाख जेठको उखर्माउलो गर्मी प्रहरीको वर्दीमा अफ्नो कर्तव्य निष्ठामा तल्लिन प्र निरिक्षक ओलीको अथक प्रयास पछि धनुषामा उच्च दुर्घटनाको क्रम भंग भएको छ । जनकपुरधामका राजधानी केन्द्रित भिआईपी सडक हुन् या ग्रामीण भेगका सडक हुन् दुर्घटनाको न्यूनीकरण कसरी गर्ने बारे जनचेतनामूलक कार्यक्रम उनको दैनिकी बनेको छ । उनको सक्रियताले धनुषामा दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा सुधार पाएको छ ।

बिगतको आर्थिक वर्ष २०८०/२०८१ मा श्रावण देखि चैत्र सम्ममा ५९ जनाको दुर्घटनामा मृत्यु भएकोमा भने हाल २०८१/२०८२ मा करिब ५० जनाको मात्र दुर्घटना बाट मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा रहेको छ । यो संख्या बिगतको भन्दा ९ जनाले कम हो । यता बिगतमा ट्राफिकले सवारीलाई दु:ख दिएको घट्ना सर्बसाधारणको एक मानसिकता बनेको बेला सवारीबाट हुने जीउँधनको सुरक्षा र झन्झट रहित सेवा प्रदान कसरी गर्ने कुरा उनको प्राथमिकतामा देखिन्छ । इन्स्पेक्टर ओलिको क्रियाशिलतामा ट्राफिकले बिगत नौ महिनामा जनचेतनामूलक कार्यक्रम नगरेको कुनै पालिका रहेका छैनन् ।धनुषामा रहेका १८ स्थानीय तहमा रहेका विद्यालय तथा सार्बजनिक क्षेत्रमा उनको कार्यक्रम प्राय हुने गरेको छ ।
सुधारका क्षेत्रमा एक चुनौतीको रुपमा रहेकी सिटि रिक्साको ब्यबस्थापन इन्स्पेक्टर ओलीको पालामा सुधार उन्मुख देखिन्छ । नगरमा अव्यवस्थित रहेको सिटि रिक्सा अहिले पार्किङ स्थलमा रहेको देख्न सकिन्छ । पार्किङ क्षेत्र भन्दा बाहिर रहेका सवारीलाई नियन्त्रणमा लिएर करर्बाही गर्ने गरेको देख्न सकिन्छ ।

जनकपुरधामको केन्द्र रहेको जानकी मन्दिर परिसरमा हुन ठेला गाढाको पर्किङ हटेपछी बाटो हिड्न सजिलो भएको स्थानीय बताउँछन् ।

बिगतमा बिबादास्पद बन्ने गरेको लाइसेन्सको ट्राइलमा समेत सुधार भएको परिक्षार्थि बताउने गरेका छन् । दलाल र बिचौलियाबाट बच्न प्रयाप्त सचेतनामुलक कार्यक्रम प्रहरी इन्स्पेक्टर ओली बताउँछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर