2024-04-29

Close

जनकपुरधाम । समाजवादी युवा संघ नेपालले सर्लाहीको बरहथवा प्रहरीको गोली लागि मृत्यु भएको घटनामा दोषीलाई कार्वाही नगरे सडक आन्दोलनमा उतिर्ने चेतावनी दिएको छ ।
संघले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संघका केन्द्रिय अध्यक्ष संजीव कुमार यादवको हस्ताक्षारित विज्ञप्तिमा नेपाल प्रहरीले मधेशमा सामान्य÷सामान्य विषयमा समेत संवेदनशीलता नअपनाएको आरोप लगाएका हुन् ।
उनले मधेशमा सामान्य तरिकाबाट मिलाउने घटना समेत प्रहरीले गैरजिम्मेवारी र बदनीयतपुर्वक गोली चलाउने गरेको बताए । जसकारण अनाकहमै मधेशका जनताले ज्यान गुमाउने परेको बताए ।
सर्लाहीको बहरथवामा हिजो शुक्रबार अस्पतालको विषय लिएर बरहथवा नगरपालिकाले सर्वदलीय बैठक डाकेको थियो । तर बरहथवा नगरपालिकाका मेयर कल्पना कुमारी कटुवालले सर्वदलीय बैठकमा एकलौटी गरेका भन्दैँ अन्य दलका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।
सो प्रदर्शन सामान्य भइसकेको अवस्थामा पनि प्रहरीले सर्लाही बरहथवा नगरपालिका वडा ६ निवासी जयशंकर साह मोटरसाइकलबाट घर फर्किने क्रममा प्रहरीले उनको अनुहारमा गोली हानेको थियो । गोली लागेको साहको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका थिए ।
संघका यादवले उनलाई शहिद घोषणा गरी परिवारलाई तत्कालै राहत उपलब्ध गराउनु पर्ने माग राखेका छन् । उनले साह एमबीबीएस अध्ययनरत रहेकोले मधेशले एउटा होनहार युवा गुमाएको समेत बताए । घटनामा संग्लन सर्लाही जिल्लाका एसपी, गोली हान्ने आदेश दिने प्रहरी कमाण्डर र बरहथवा नगरपालिका मेयर कल्पना कटुवाललाई कार्वाहीको माग समेत गरेको छ । यस्तो नगरे समाजवादी संघ नेपाल प्रहरी र बरहथवा नगरपालिकाको विरुद्ध सडक आन्दोलन गर्ने समेत बताएका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds