2024-04-20

Close

 

जनकपुरधाम साउन २९ गते ।
धनुषाको हँसपुर नगरपालिकामा विगत एक महिनादेखि लगाइएको ताला बुधबार नगरकी उप प्रमुख रेणु झाले खोलेकी हुन । मेयर र उपमेयरबीचको विवादका कारण नगरपालिका कार्यालयको केन्द्रलाई लिएर हुँदै आएको भनाभनका कारण विगत एक महिनादेखि कार्यालयमा ताला लगाइएको थियो । नगर प्रमुख राम ज्ञान मण्डलले नगरपालिकाको कार्यालय बेल्ही ल्याएका थिए भने उपप्रमुख रेणु झाले एक्लै बघचौडामा कार्यालय सँचालन गर्दै आएकी थिइन् ।

 

मेयर मण्डलले केही कागजातहरु अस्थायी नगरपालिकाको कार्यालय बघचौडाबाट अस्थायी रुपमै बेल्हीमा स्थापना गरिएको नयाँ कार्यालयमा ल्याउँदा विवाद उत्पन्न भएको थियो । हँसपुर नगरपालिकाको यी दुवै जनप्रतिनीधिबीच मनमुटाव र विवादकै कारण केही दिन अघि मात्र दुई पक्षबीच झडप समेत भएको थियो । झडपमा परी एक स्थानीय सहित ६ जना प्रहरी समेत घाईते भएको थियो ।

 

बुधबार नगरपालिकाका कर्मचारी, पत्रकारहरुको रोहबरमा उमेयर झाले नगरपालिकाको कार्यालयमा लगाएको ताला खोल्दै कार्य सँचालन गरेकी हुन । सो क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशँकर यादवले हाजीरी रजिष्टरमा हस्ताक्षर गर्दै कार्य सँचालनलाई हरियो झण्डी देखाएका हुन । ताला खुलेलगत्तै पूर्वझैं कार्य सँचालन भएको बताइएको छ ।

 

यता, नगरका मेयर राम ज्ञान मण्डलले उपमेयरले ताला खोलेर ३ कर्मचारी सहित आफू गरी ४ जना मात्र भित्र बसेर आफ्नो पक्षधरको कार्य मात्र गरिरहेको आरोप लगाएका छन् । आफू कार्य विशेषले जनकपुर रहेको मौका छोपी उपमेयरले ताला खोलेर प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, योजना शाखा सहित उपमेयर मात्र बसेर कार्य सँचालन गरेको आरोप लगाएका छन् । अपन जनकपुर न्यूजसँग कुराकानी गर्दै मेयर मण्डलले उपभोक्ता समिति मार्फत काम गरेका उपभोक्ता समितिलाई समेत चेक नकाटी आफ्नो पक्ष हिसाबले मात्र चेक काटने गरेको बताए ।

 

सो क्रममा मेयर मण्डलले ४ जना बाहेक अन्य जनालाई कार्यालय भित्र प्रवेश नदिएको आरोप समेत लगाएका छन् । कर्मचारी दलकै कम्प्युटर अपरेटरलाई समेत प्रवेश नदिएको तथा ढोका थुनेर अधिकृत सहित उपमेयर बसेर कार्य गरेको आरोप उनले लगाए । उनले भने, – “अन्य कोहीलाई पनि प्रवेश गर्न दिएको छैन, उपमेयर आफ्नो केबिनमा बस्ने हो नी ? कि बसेर चेक काटने ? कर्मचारी आफ्नो काम गरिहाल्छ नी ? एकै ठाउँमा बसेर आफ्नो पक्षका व्यक्तिहरुको, उपभोक्ता समितिहरु जसले काम गरेको छ उसको चेक मात्र काटिरहेको छ ।”

 

यता, नगरकी उपमेयर रेणु झाले मेयरको आरोपलाई निराधार बताएकी छन् । अपन जनकपुर सँगको कुराकानीको क्रममा उपमेयर झाले मेयर मण्डलले लगाएको आरोपलाई खण्डन गर्दै आफू पत्रकार, अधिकारकर्मी, स्थानीय, कर्मचारीहरुको रोहबरमै ताला खोलेर कार्य सँचालन गरेको बताइन् । अन्य कर्मचारीलाई प्रवेश नदिएको सन्दर्भमा बोल्दै उपमेयर झाले आफू कसैलाई प्रतिवन्ध नगरेको दाबी गरिन् । मेयरको सबै आरोपलाई निराधार र झुठो बताउँदै उनले नगरपालिकाको कार्य विधिवत रुपमा निर्वाध सँचालन भएको बताइन् ।

 

उच्च अदालतले साबिककै कार्यालयमा काम काज तत्काल सूचारु गर्न अन्तिरिम आदेश गरेपछि आज ताल्चा खुलाइएको हो । अदालतको निर्णयपछि मात्र नगरपालिकाको कार्यालय बारे टुँगो लाग्ने जनाइएको छ । यता, नगरपालिकाका कम्प्युटर अपरेटर र प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds