2024-05-05

Close

सिरहा । एउटा भनाइ छ – प्रहरी मात्रै सुध्रियो कुनै पनि मुलुकमा आधा सुशासन स्वत: कायम भइहाल्छ । तर, आफ्नो दायित्व बिर्सिएर, जनताका काम गर्न छाडेर गलत धन्दामा लाग्दा नेपालका प्रहरी सधैं बद्नाम रहँदै आएको छ ।
सिरहामा पछिल्लो समय प्रहरीको काम कारवाही सुस्त छ । सामान्य सामान्य कामका लागि पनि पटकौं भौतारिनु परिरहेको तैपनि नहुने गरेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् । सर्वसाधारण जस्तोसूकै समस्या लिएर पुगेपनि प्रहरी वास्ता नगरेको पाइन्छ ।
तर, गलत र विवादित व्यक्तिहरूको भने सिरहाका प्रहरी हाकिमहरूसँगै पहुँच रहेको पाइएको छ । सिरहामा अहिले प्रहरी प्रमुखको जिम्मेवारीमा छन् – प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बू । उनी सर्वसाधारणलाई सुन्दा पनि सुन्दैनन् ।
तर, हामीलाई एउटा तस्वीर प्राप्त भएको छ, जसमा एसपी लिम्बू सिरहाका नामुद तस्करसँग उभिएर संवाद गरिरहेका छन् । तस्वीरमा अगाडिबाट ती तस्कर उभिएका छन् भने पछाडीबाट एसपी छन् । त्यसैले तस्वीरमा तस्कर यादवको पुरै अनुहार देखिएपनि एसपीको भने पछाडिको भाग मात्रै देखिएको छ ।
ती तस्कर हुन् – सिरहाको कल्याणपुर नगरपालिका वडा १० बस्ने मुसहर नामले परिचित इन्द्रनारायण यादव । उनी तस्करीका क्रममा पटकपटक पक्राउ परेका छन् । एकचोटि त सिरहाका तत्कालीन प्रहरी प्रवक्ता डीएसपी अपिलराज बोहरालाई घुस दिन जाँदा उनले तस्कर यादवलाई पक्राउ गरी मुद्दा नै चलाएका थिए ।
प्रहरीको यस कदमको त्यतिबेला सिरहामा प्रशंसा पनि भएको थियो । तर, तस्कर यादवको तस्करी धन्दा भने रोकिएन । उनले विभिन्न बिचौलियाहरू मार्फत् प्रहरीको किचेनसम्मै पुग्छन्, अनि सेटिङ गरेर धन्दा चलाउँछन् । फोटो खिच्ने प्रत्यक्षदर्शीका अनुसार, तस्कर यादव लामो समय एक्लै एसपीको कार्यकक्षमै भेट गरेका थिए ।
तस्कर यादव एसपी लिम्बूसँग संवाद गरेर माथिबाट तल झरेको केहि समयपछि एसपी पनि कतै जान तल झरे । उनी गाडीमा चढ्नै लाग्दा तस्कर यादव फेरि एसपी नजिक नजिकै आइपुगे । त्यसपछि एसपी लिम्बु एकछिन रोकिए । र, तस्कर यादवसँग एकछिन संवाद गरेर गाडी चढी हिँडे ।

सिरहामा पछिल्लोपटक तस्करी धन्दा मौलाएको कुरा यत्रतत्र चलिरहँदा एसपी लिम्बूको तस्करसँगकै निकटताले त्यसलाई थप बल दिएको छ । तर, यस विषयमा एसपी लिम्बूले पनि उनी तस्कर भएको स्वीकार गरेका छन् । तर, अब उनले त्यो काम नगर्ने गरेको दावी लिम्बुले गरे ।

‘पहिला तस्करी गर्थे, अब गर्दैनन्,’ उनले भने । एसपी लिम्बुले कसैले चोरेर तस्वीर खिचे पनि तस्वीरको गलत अर्थ नलाग्ने बताए । तस्कर यादव आफूसँग अन्य मुद्दाको विषयमा भेटेको दावी लिम्बुको छ ।

यो तस्वीर सिरहा प्रहरीको चरित्र उदांगो पार्ने उदाहरण हो । सिरहामा प्रहरीले पछिल्लो समय जनतालाई अनेक सास्ती दिएको र अवैध रूपमा उनीहरू कमाउ धन्दामा लागेको गाइँगुइँ चलिरहेकै बेला प्रहरी हाकिमकै यस्तो तस्वीर सार्वजनिक हुनुले यथार्थ छर्लङ्ग पारेको छ ।

प्रहरी प्रशासनका हाकिमहरू नै गलत व्यक्तिसँग साँठगाँठ गरेर गलत धन्दामा व्यस्त हुँदा सर्वसाधारण जनताको काम प्राथमिकतामा नपर्नु स्वभाविक भएको स्थानीय बुद्धिजीवीको भनाइ छ । प्रहरीप्रतिको नागरिकको अविश्वास र आक्रोशको कारण पनि यही नै भएको बुद्धिजीवी बताउँछन् ।

यतिबेला,सिरहामा दिनदहाडै हत्यालाइ आत्माहत्यामा परिणत गरिरहदा पनि प्रहरिको फितलो अनुसन्धानका कारण यथार्थ बाहिर आउन नसकेको आम-समुदायको बुझाइ रहेको छ । चाड-तिहारको बेला खुसी साटा-साट गरि स्वतन्त्रापुर्बक अबेर राति हिड्डुल गर्न कठिनाइ छ,अबेर रातिसम्म ठमेल “रेड लाईट एरिया” झै अबैध मदिरा पसलमा भिड-भाड र होहल्ला भइरहन्छन जसका कारणले गर्दा आम-मानिसहरुमा त्रास र निरासका बाताबरण छाएको स्थानीयहरुको गुनासो छ । साभार : मिथिला रत्न

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds